बालेन शाह प्रधानमन्त्री बनेको खुसीयालीमा जनकपुरधाममा रक्तदान

6 महीना पहिले प्रकाशित

 

राष्ट्रिय आवाज

जनकपुरधाम, चैत १४ गते

जनकपुरधाममा बालेन शाह प्रधानमन्त्री बनेको खुसीयालीमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अन्तर्गत मधेश प्रदेश RAT विभाग समितिको आयोजनामा कार्यक्रम गरिएको हो।

कार्यक्रममा विभिन्न क्षेत्रका युवाहरू तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। “रक्तदान जीवन दान” भन्ने नारासहित सञ्चालन गरिएको कार्यक्रममा सहभागीहरूले उत्साहपूर्वक रक्तदान गर्दै सामाजिक उत्तरदायित्व प्रति आफ्नो प्रतिबद्धता व्यक्त गरेका थिए।

 

मधेश प्रदेश RAT विभाग प्रमुख अम्भु प्रसाद साहले रक्तदानले आपतकालीन अवस्थामा बिरामीहरूको ज्यान बचाउन महत्वपूर्ण भूमिका खेल्ने भएकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए।कार्यक्रमबाट करिब ४० पिन्ट रगत संकलन भएको आयोजकले जनाएको छ। संकलित रगत विभिन्न बिरामीहरूको उपचारमा उपयोग गरिनेछ।

आयोजकका अनुसार यस्ता सामाजिक कार्यक्रमहरूले मानव सेवाको भावना अभिवृद्धि गर्नका साथै समाजमा सकारात्मक सन्देश प्रवाह गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..