शहीदनगरमा १२ कोठे विद्यालय भवन शिलान्यास

7 महीना पहिले प्रकाशित

जितन मण्डल

जनकपुरधाम, चैत १३ गते, शुक्रबार

 राम नवमीको दिनमा धनुषाको शहीदनगर नगरपालिका–३ स्थित श्री जनता एकाई माध्यमिक विद्यालय, यादुकाहामा १२ कोठे नयाँ विद्यालय भवनको शिलान्यास गरिएको छ।

नेपाली कांग्रेसकी नेतृ मुक्ता यादवले प्रमुख अतिथिका रूपमा शिलान्यास गर्दै विद्यालयमा कक्षाकोठा अभाव रहेको जानकारी पाएपछि पहल गरिएको बताइन्। उनका अनुसार करिब तीन करोड रुपैयाँको लागतमा निर्माण हुने भवनले विद्यालयको भौतिक पूर्वाधार सुदृढ गर्ने विश्वास व्यक्त गरिन्।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक प्रदीप साहले सहयोग गर्ने सबै सहयोगी हात प्रति आभार व्यक्त गरे।

शिलान्यास कार्यक्रममा शहीदनगर नगरपालिकाका प्रमुख दिनेश प्रसाद यादव, स्थानीय नागरिक समाज, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

rastriyaawaj@gmail.com

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १३ गते विद्यालय शिक्षा क्षेत्र योजनाको प्रभावकारी कार्यान्वयन र स्थानी..

  मोनु गुप्ता  जनकपुरधाम, कार्तिक १३ गते   मधेश प्रदेशका आठवटै जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तार गर्..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, कार्तिक १२ गते    ‘मिस वेलनेस वर्ल्ड–२०२६’ को उपाधि जितेर अन्तर्राष्ट्à..

दिपक श्रेष्ठ मण्डल राष्ट्रिय आवाज | जनकपुरधाम, कार्तिक ९ गते नेपाली कांग्रेसका नेता एवं मधेश प्रदेशका पूर्व भौति..

  दिपक श्रेष्ठ मण्डल राष्ट्रिय आवाज | कार्तिक ८ गते  बारा जिल्लाको महागढीमाई नगरपालिका–६, पतरहट्टीस्थित श्र..