प्रादेशिक नारी सन्त समागम आयोजन

4 महीना पहिले प्रकाशित

राष्ट्रिय आवाज 

जनकपुरधाम, चैत १३ गते शुक्रबार 

सन्त निरंकारी मण्डलको आयोजनामा प्रादेशिक नारी सन्त समागम कार्यक्रम जनकपुरधाम स्थित सिनुरजोडा चिल्ड्रेन पब्लिक स्कुलको प्राङ्गणमा आज भव्य रूपमा सम्पन्न भएको छ।

 

कार्यक्रममा सन्त निरंकार मण्डली जनकपुर धामका अध्यक्ष बेचु रजक, पूर्व केन्द्रीय कार्य समिति सदस्य राम शंकर साह, सेवा दल सञ्चालक विनोद साह, सेवा दलका विजय यादव लगायतका उल्लेख्य सहभागिता रहेको थियो।

 

कार्यक्रमका वक्ताहरूले मानव जीवनमा आध्यात्मिक ज्ञानको आवश्यकता औंल्याउँदै आत्म साक्षात्कार मार्फत नै साँचो शान्ति र सद्भाव प्राप्त हुने बताएका थिए। उनीहरूले सन्त निरंकारी मिशनले समाजमा प्रेम, एकता र भाइचाराको सन्देश फैलाउँदै आएको उल्लेख गर्दै नारीहरूको सक्रिय सहभागिताले समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरे।

वक्ताहरूले ‘आत्म मंथन’ मार्फत व्यक्तिले आफ्ना कमजोरी पहिचान गरी सुधारतर्फ अघि बढ्नुपर्नेमा जोड दिँदै सत्य, प्रेम र सहिष्णुतामा आधारित जीवनशैली अपनाउन आग्रह गरे।

कार्यक्रममा सहभागी महिलाहरूले आध्यात्मिक प्रवचन, भजन-कीर्तन तथा अनुभव आदान प्रदान मार्फत सकारात्मक ऊर्जा प्राप्त गरेको बताएका थिए। समागमले नारी सशक्तीकरण सँगै आध्यात्मिक चेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याएको आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  मोनु गुप्ता  राष्ट्रिय आवाज जनकपुरधाम, साउन ९ गते  जनकपुरधाम सुनचाँदी व्यवसायी संघको अध्यक्षमा राजिव कुम..

   माेनु गुप्ता  राष्ट्रिय आवाज  जनकपुरधाम, श्रावण ९ गते  मधेश प्रदेशमा देखिएको रगत अभाव न्यूनीकरण गर्ने ..

  राष्ट्रिय आवाज जनकपुरधाम, साउन ७ गते धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक नगरी जनकपुरधामको समग्र विकास बलेन सरका..

  राष्ट्रिय आवाज साउन १ गते ,जनकपुरधाम   जनकपुरधाम–४ स्थित ब्याहुत सेवा समिति (कलवार कुट्टी), नेपाल ले महिलाक..

    दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, असार ३२ गते    धनुषा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घ..