खेलकुद र आध्यात्मिकताको संगम, आजमगढमा निरंकारी कार्यक्रम

6 महीना पहिले प्रकाशित

 

राष्ट्रिय आवाज 

चैत्र ५ गते 

आजमगढ — सन्त निरंकारी मिशनको आयोजनामा निरंकारी यूथ फोरमअन्तर्गत यूथ सिम्पोजियम सम्पन्न भएको छ। बृजेन्द्र स्वरूप पार्कमा आयोजित कार्यक्रममा मिशनकी प्रमुख सद्गुरु माता सुदीक्षा जी महाराज तथा राजपिता रमित चन्दानीको उपस्थिति रहेको थियो।

 

कार्यक्रममार्फत युवालाई आध्यात्मिक चेतना, निस्वार्थ सेवा, शारीरिक सुदृढता तथा सांस्कृतिक विकासबीच सन्तुलन कायम गर्न प्रेरित गरिएको थियो।

कार्यक्रमको उद्घाटन सद्गुरु माताले मिशनको झण्डा फहराएर गर्नुभएको थियो। सो अवसरमा उहाँले शरीर र मन दुवै स्वस्थ राख्दै जीवनलाई सकारात्मक दिशामा अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो। “खेलकुदले सहकार्य र एकताको भावना विकास गर्छ, सबैलाई साथमा लिएर अघि बढ्दा मात्रै समाज सुन्दर बन्छ,” उहाँको भनाइ थियो।

कार्यक्रममा उत्तर प्रदेशका विभिन्न जिल्लाबाट १५ देखि ४५ वर्ष उमेर समूहका युवाहरुको उल्लेखनीय सहभागिता रहेको थियो। क्रिकेट, फुटबल र एथलेटिक्स लगायत खेलकुद गतिविधिले युवामा अनुशासन, नेतृत्व क्षमता र टिम स्पिरिट विकास गर्न सहयोग पुगेको आयोजकले जनाएको छ।

 

त्यसैगरी, सांस्कृतिक कार्यक्रमअन्तर्गत संगीत, नाटक तथा स्थानीय परम्परासँग जोडिएका प्रस्तुति पनि राखिएका थिए। विभिन्न जिल्लाबाट आएका युवाले स्टल र झाँकी मार्फत सांस्कृतिक विविधता प्रदर्शन गर्दै एकता, प्रेम र सहिष्णुताको सन्देश दिएका थिए।

कार्यक्रममा सद्गुरु माता सुदीक्षा जी महाराज तथा राजपिताजीको स्वागत सदस्य इन्चार्ज मोहन छाबडाले गर्नुभएको थियो। आयोजकका अनुसार यस्ता कार्यक्रमले युवालाई सकारात्मक दिशामा परिचालन गर्दै समाजमा सद्भाव र एकता प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..