कमला साहित्य कला समाजको भव्य साहित्यिक कार्यक्रम आयोजना

5 महीना पहिले प्रकाशित

 

राष्ट्रिय आवाज 

जनकपुर धाम,१६ फागुन 

धनुषाको गणेशमान चारनाथ नगरपालिका–५ स्थित हरिहरेश्वर मन्दिर परिसर शनिबार साहित्यिक गतिविधिको केन्द्र बनेको थियो। कमला साहित्य कला समाज धनुषाको आयोजनामा साहित्य रचना वाचन तथा फागु पूर्णिमाको शुभकामना आदान–प्रदान कार्यक्रम गरिएको थियो।

 

गणेश तिमल्सिना ‘गति’को सभापतित्वमा भएको कार्यक्रममा गौरीशंकर मिथिला वाङ्मय प्रतिष्ठानका अध्यक्ष प्रेम घिमिरे (अग्निकवज) प्रमुख अतिथि रहेका थिए। सिस्नोपानी नेपाल महोत्तरीका अध्यक्ष नारद काफ्ले, ओमकार टेलिभिजनअन्तर्गतको ‘पञ्चामृत’ कार्यक्रमका सञ्चालक जीवनराज दाहाल, राष्ट्रिय फूलकुमारी माध्यमिक विद्यालयका प्रधानाध्यापक भानुभक्त गौतमलगायतको सहभागिता रहेको थियो।

 

कार्यक्रममा मुकेश यादव, किशोर एक्यैँ, महेश महतो, सुमन अधिकारी र गोविन्द खड्काले कविता तथा मुक्तक प्रस्तुत गरेका थिए। त्यसैगरी प्रेम घिमिरे, नारद काफ्ले र जीवनराज दाहालले पनि आफ्ना रचना सुनाएका थिए।

 

भजन प्रस्तुतिमा कमला एकादशी समूहका सुलेखा गिरि, विमला उपाध्याय र लिलामाया खड्काको सहभागिता रहेको थियो। कार्यक्रमको दृश्य सामग्री नारायण घिमिरेले संकलन गरेका थिए भने नवराज घिमिरेले स्वागत व्यवस्थापन सम्हालेका थिए।

 

कार्यक्रमकै अवसरमा ‘मनोगति’ मुक्तकसंग्रहको प्रचार–प्रसारमा सहयोग गरेको भन्दै जीवनराज दाहाललाई सम्मान गरिएको थियो। खादा तथा ब्याच वितरण र चिया–खाजासहित कार्यक्रम समापन गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  मोनु गुप्ता  राष्ट्रिय आवाज जनकपुरधाम, साउन ९ गते  जनकपुरधाम सुनचाँदी व्यवसायी संघको अध्यक्षमा राजिव कुम..

   माेनु गुप्ता  राष्ट्रिय आवाज  जनकपुरधाम, श्रावण ९ गते  मधेश प्रदेशमा देखिएको रगत अभाव न्यूनीकरण गर्ने ..

  राष्ट्रिय आवाज जनकपुरधाम, साउन ७ गते धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक नगरी जनकपुरधामको समग्र विकास बलेन सरका..

  राष्ट्रिय आवाज साउन १ गते ,जनकपुरधाम   जनकपुरधाम–४ स्थित ब्याहुत सेवा समिति (कलवार कुट्टी), नेपाल ले महिलाक..

    दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, असार ३२ गते    धनुषा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घ..