ग्यालेक्सी हायर सेकेन्डरी स्कुलको ३५ औँ वार्षिकोत्सव सम्पन्न

7 महीना पहिले प्रकाशित

मोनु गुप्ता 

जनकपुरधाम, २ फागुन 

जनकपुर धाम _ ८ बजरंग चोक स्थित ग्यालेक्सी हायर सेकेन्डरी स्कुल ले आफ्नो ३५ औँ वार्षिकोत्सव भव्य तथा उल्लासपूर्ण वातावरणमा सम्पन्न गरेको छ।

कार्यक्रमको औपचारिक शुभारम्भ प्रमुख अतिथि, कार्यक्रमका अध्यक्ष तथा विशिष्ट अतिथिले संयुक्त रूपमा दीप प्रज्वलन गरी माता सरस्वतीको प्रतिमामा पुष्प, माला तथा अबीर अर्पण गरेर गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा मधेश प्रदेशका सभामुख यादवले विद्यालयले शिक्षाको गुणस्तर अभिवृद्धि तथा विद्यार्थीहरूको समग्र व्यक्तित्व विकासमा पुर्याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा अझ उत्कृष्ट उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले विद्यालयमा पढाउने गुरु तथा घरमा हेरचाह गर्ने आमाबुबा प्रति उच्च आदर भाव राख्न विद्यार्थीहरूलाई आग्रह गर्नुभयो।

अतिथि स्वागत मन्तव्य विद्यालयका लेखापाल निकी चौधरीले व्यक्त गर्नुभएको थियो। त्यसैगरी पूर्व प्रधानाध्यापक राजकुमार झाले ग्यालेक्सी स्कुल परिवार तथा संस्थापक प्रधानाध्यापक अमरेन्द्र झाको योगदानको प्रशंसा गर्दै ३५ औँ वार्षिकोत्सवको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्नुभयो।

मधेस प्याब्सन का नगर अध्यक्ष प्रभास मिश्र तथा जिल्ला अध्यक्ष सुजित मिश्रले पनि विद्यालय परिवारलाई शुभकामना व्यक्त गर्नुभयो। जिल्ला अध्यक्ष मिश्रले मातृ भाषा मैथली सम्बन्धमा जोड दिँदै विद्यालयमा कम्तीमा ५० पूर्णाङ्कको मैथिली विषय लागू गराउन आग्रह गर्नुभयो।

 केन्द्रीय कोषाध्यक्ष रामचन्द्र पण्डित तथा केन्द्रीय सचिव प्रा. पवन कुमार साहले समेत विद्यालयको प्रगतिको प्रशंसा गर्दै कक्षा ११ र १२ सञ्चालनमा सहयोग गर्न अभिभावकहरूलाई अपिल गर्नुभयो। साथै निजी शिक्षकहरूलाई सरकारी शिक्षक सरह तालिम तथा सम्मान उपलब्ध गराउन मधेश प्रदेश सरकार सँग माग गर्नुभयो।

महिला नेतृ गीता साह तथा ममता पाठकले पनि शिक्षाको महत्व र आवश्यकता विषयमा आफ्ना शुभकामना मन्तव्य राख्नुभयो। कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि तथा अन्य अतिथिहरू लाई माला, टीका, ब्याच, दोसल्ला, खाँदा तथा मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो। साथै मेहनती शिक्षकहरूलाई प्रमुख अतिथिको हातबाट प्रशंसापत्र प्रदान गरिएको थियो।

वार्षिकोत्सवको अवसरमा विभिन्न शैक्षिक, खेलकुद तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिनुका साथै विद्यार्थीहरूले सन्देशमूलक नृत्य, गीत तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए।

कार्यक्रमको समापन गर्दै विद्यालयका संस्थापक प्रधानाध्यापक अमरेन्द्र झाले कार्यक्रमलाई सभ्य तथा भव्य बनाउन सहयोग पुर्याउने सम्पूर्ण उपस्थितिहरू प्रति आभार व्यक्त गर्नुभयो। उहाँले अभिभावकहरूलाई विद्यालयलाई निरन्तर सहयोग गर्न तथा विद्यार्थीहरूको घरमै पनि विशेष ध्यान दिन आग्रह गर्नुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..