भ्रष्टाचार नियन्त्रणमा नैतिकता जरुरी : प्रदेश प्रमुख कर्ण

7 महीना पहिले प्रकाशित

 

डि स मंडल 

जनकपुरधाम, माघ २८ गते 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५ औँ स्थापना दिवसका अवसरमा बर्दिबास शाखाले जनकपुरधाम स्थित महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रमा आज बुधबार विशेष कार्यक्रम गरेको छ।

कार्यक्रममा मधेश प्रदेशका प्रदेश प्रमुख प्राध्यापक डा. सुरेन्द्र लाभ कर्णले भ्रष्टाचार नियन्त्रणका लागि व्यक्तिमा नैतिकता र सदाचारको विकास अपरिहार्य रहेको बताए। उनले सुशासन र समृद्धिका लागि अख्तियारले खेलेको भूमिकाको प्रशंसा गर्दै दुरुपयोग नियन्त्रणमा सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गरे।

 

मुख्यमन्त्री कृष्ण प्रसाद यादवले प्रदेश सरकार सुशासन मार्फत विकासको पक्षमा उभिए पनि आयोग बाट सानातिना विषयमा हुने पत्राचारका कारण कर्मचारीमा निर्णय लिन हिचकिचाहट देखिएको बताए।

 

सभामुख रामआशिष यादवले अख्तियार प्रतिको जनविश्वासको समीक्षा गर्दै आवश्यक नीति परिमार्जन गर्नुपर्ने धारणा राखे। उच्च अदालत जनकपुरधामका मुख्य न्यायाधीश टेकनारायण कुँवरले शिक्षा, स्वास्थ्य र स्थानीय तह सम्बन्धी धेरै मुद्दा विशेष अदालतमा पुग्ने गरेको उल्लेख गर्दै सुधारको आवश्यकता औंल्याए।

 

कार्यक्रममा जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डल, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साह, प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेल, अख्तियार बर्दिबास कार्यालयका प्रमुख रामबहादुर कुरुवाङ्ग लगायतले आ आफनो मन्तव्य व्यक्त गरेका थिए।

सो अवसरमा नायव सुब्बा सुरेश कुमार बराल, शाखा अधिकृत अरुण कुमार बराल र प्रहरी निरीक्षक सञ्जीव सुवाललाई ‘अख्तियार सेवा पुरस्कार’ प्रदान गरिएको थियो। बर्दिबास कार्यालयमा गत वर्ष दर्ता भएका २ हजार ५ सय २५ उजुरीमध्ये १ हजार ७ सय १३ उजुरी फर्छ्यौट हुन बाँकी रहेको जानकारी दिइयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..