राजीव झाको ‘सरप्राइज मूभ’ मनिष झालाई खुला समर्थन

9 महीना पहिले प्रकाशित

 

 

डि एस मंडल 

जनकपुरधाम, माघ २८ गते

धनुषा निर्वाचन क्षेत्र नं. ३ मा चुनावी माहोल बीच अप्रत्याशित राजनीतिक घटनाक्रम देखिएको छ। रेशम चौधरी, राजेन्द्र महतो र अशोक राइको समर्थनमा अघि बढेका राजीव झाले अब राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मनिष झालाई खुला समर्थन गर्ने निर्णय गरेका छन्।

 

झा आजै औपचारिक रूपमा रास्वपामा प्रवेश गर्ने तयारीमा रहेको स्रोतले जनाएको छ। उनलाई रास्वपा प्रवेश गराउन उम्मेदवार मनिष झाको सक्रिय भूमिका रहेको बुझिएको छ।

यस विषयमा विस्तृत जानकारी दिन झाले आज दिउँसो व्यापार संघमा १२ बजे पत्रकार सम्मेलन आयोजना गर्ने छन्। उनले राष्ट्रिय आवाज सँग कुरा गर्दै आफ्नो निर्णयबारे औपचारिक धारणा सार्वजनिक गर्ने बताएका छन्।

धनुषा–३ मा झाको यो ‘सरप्राइज मूभ’ ले चुनावी समीकरणमा नयाँ तरंग ल्याउने विश्लेषण गरिएको छ। स्थानीय राजनीतिक वृत्तमा यसको प्रभावबारे चासो बढेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १३ गते विद्यालय शिक्षा क्षेत्र योजनाको प्रभावकारी कार्यान्वयन र स्थानी..

  मोनु गुप्ता  जनकपुरधाम, कार्तिक १३ गते   मधेश प्रदेशका आठवटै जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तार गर्..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, कार्तिक १२ गते    ‘मिस वेलनेस वर्ल्ड–२०२६’ को उपाधि जितेर अन्तर्राष्ट्à..

दिपक श्रेष्ठ मण्डल राष्ट्रिय आवाज | जनकपुरधाम, कार्तिक ९ गते नेपाली कांग्रेसका नेता एवं मधेश प्रदेशका पूर्व भौति..

  दिपक श्रेष्ठ मण्डल राष्ट्रिय आवाज | कार्तिक ८ गते  बारा जिल्लाको महागढीमाई नगरपालिका–६, पतरहट्टीस्थित श्र..