१४ बुँदे घोषणा–पत्र जारी गर्दै प्रदेशस्तरीय युवा मञ्च सम्पन्न

6 महीना पहिले प्रकाशित

 

 

अर्जुन साह

जनकपुरधाम, माघ २४ गते

जनकपुरधाम — प्रदेशस्तरीय युवा मञ्चले १४ बुँदे घोषणा–पत्र जारी गर्दै आफ्नो कार्यक्रम सम्पन्न गरेको छ। लोकतन्त्र, महिला अधिकार र युवा सहभागितालाई मूल उद्देश्य बनाएर मधेस प्रदेशको राजधानी जनकपुरधाममा एकदिने युवा मञ्च आयोजना गरिएको हो।

ओरेक नेपाललगायत विभिन्न संघ–संस्थाको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा मधेस प्रदेशका सबै जिल्लाबाट करिब ११० जना युवाको सहभागिता रहेको आयोजकले जनाएको छ।

कार्यक्रमको स्वागत मन्तव्य महिला सचेतना केन्द्रकी अध्यक्ष साधना वर्माले राखेकी थिइन्। कार्यक्रमको उद्देश्यबारे जानकारी गराउँदै ओरेक नेपालकी मधेस प्रदेश संयोजक बिना सिंहले वर्तमान परिस्थितिमा युवा तथा महिलाले भोग्नुपरेका समस्या, युवाको अर्थपूर्ण सहभागिता र युवा सशक्तीकरणका विषयमा जोड दिइन्।

 

कार्यक्रमका क्रममा अनौपचारिक भए पनि युवाहरूबीच समूह छलफल गरिएको थियो। उक्त छलफलको सहजीकरण ओरेक नेपालकी कार्यकारी निर्देशक सुनिता मैनालीले गरेकी थिइन्। छलफलमा दलित युवा महिला अभियन्ता उर्मिला दास, मुस्लिम युवा आतिया खातुन, युवा अभियन्ता दिवाकर उप्रेती, ललित महतो, अपाङ्ग युवा मधु महतो, यौनिक तथा अल्पसंख्यक समुदायका प्रतिनिधि शुसिल दनुवार तथा जेसी विज्ञ शोभा महतोले आ–आफ्ना धारणा राखेका थिए।

छलफलका क्रममा नागरिकता समस्या, युवाको राजनीतिक प्रतिनिधित्व, समान सहभागिता तथा लोकतन्त्रका विषयमा प्रश्न र सुझावहरू उठेका थिए। विभिन्न कार्यक्रमपछि १४ बुँदे घोषणा–पत्र जारी गर्दै मञ्च समापन गरिएको आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  मोनु गुप्ता  राष्ट्रिय आवाज जनकपुरधाम, साउन ९ गते  जनकपुरधाम सुनचाँदी व्यवसायी संघको अध्यक्षमा राजिव कुम..

   माेनु गुप्ता  राष्ट्रिय आवाज  जनकपुरधाम, श्रावण ९ गते  मधेश प्रदेशमा देखिएको रगत अभाव न्यूनीकरण गर्ने ..

  राष्ट्रिय आवाज जनकपुरधाम, साउन ७ गते धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक नगरी जनकपुरधामको समग्र विकास बलेन सरका..

  राष्ट्रिय आवाज साउन १ गते ,जनकपुरधाम   जनकपुरधाम–४ स्थित ब्याहुत सेवा समिति (कलवार कुट्टी), नेपाल ले महिलाक..

    दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, असार ३२ गते    धनुषा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घ..