छात्र–छात्राहरुलाई आफ्नो सँस्कृती बारे जागरुक गराईदै

9 महीना पहिले प्रकाशित

 

धिरेश दत्त

माघ २२ गते बिहिबार 

जनकपुरधामकै सबैभन्दा पूरानो र प्रतिष्ठित बिद्यालय जानकी सेकेन्ड्री बोर्डिङ्ग स्कूलले छात्र–छात्राहरुलाई आफ्नो सँस्कृतीबारे जागरुक गराईदै आफ्नो पहिचान, कला ,सँस्कृती र धर्मलाई संरक्षण गर्ने उदेश्यले भोली शुक्रबारका दिन मातृ–पितृ पूजन दिवस मनाईने भएको छ ।

हाम्रो समाजमा पश्चिमा बिकृतीहरु हावी हुँदै गईरहेको र आफ्नै पहिचान, कला ,सँस्कृती र धर्मलाई बिर्सिदै गईरहेकाले यसलाई संरक्षण गर्ने उदेश्यले यस्ता किसिमका कार्यक्रमहरुको आयोजना गर्न लागेको सह–प्रधानाध्यापक नरेश प्रसाँईले बताउनुभयो ।

त्यसतै,बिद्यार्थीहरु कलिला उमेरका भएकाले यीनिहरुलाई यस्ता किसिमको कार्यक्रमहरुले तिनिहरुलाई आफ्नो पहिचान, कला ,सँस्कृती र धर्मलाइ कसरी आफ्नो ब्यवहारमा उतार्ने भनी अभिप्ररित गर्ने उदेश्यले यस्ता किसिमका कार्यक्रमहरुको आयोजना गर्न लागेको प्रधानाध्यापक पप्पू अग्रवाल ले बताउनुभयो ।

यो कार्यक्रम श्री योग बेदान्त सेवा समिति जनकपुरधाम र जानकी सेकेन्ड्री बोर्डिङ्ग स्कूलको संयुक्त प्रयासले हुन गईरहेको छ।

यस कार्यक्रमा आमा बुवालाई तिनका आफ्नै संतानहरुबाट पूजा गर्न लाईने छ। जसले गर्दा गुरुवर्ग र आमा बुवा प्रति श्रद्घा र भाव जाग्ने छ भनि विश्वास लिईएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १३ गते विद्यालय शिक्षा क्षेत्र योजनाको प्रभावकारी कार्यान्वयन र स्थानी..

  मोनु गुप्ता  जनकपुरधाम, कार्तिक १३ गते   मधेश प्रदेशका आठवटै जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तार गर्..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, कार्तिक १२ गते    ‘मिस वेलनेस वर्ल्ड–२०२६’ को उपाधि जितेर अन्तर्राष्ट्à..

दिपक श्रेष्ठ मण्डल राष्ट्रिय आवाज | जनकपुरधाम, कार्तिक ९ गते नेपाली कांग्रेसका नेता एवं मधेश प्रदेशका पूर्व भौति..

  दिपक श्रेष्ठ मण्डल राष्ट्रिय आवाज | कार्तिक ८ गते  बारा जिल्लाको महागढीमाई नगरपालिका–६, पतरहट्टीस्थित श्र..