मैथिली संगीतमा नयाँ ऊर्जा: हिमेश चौधरीको ‘गुलाबी गुलाबी’ गीत सार्वजनिक

7 महीना पहिले प्रकाशित

राष्ट्रिय आवाज

जनकपुरधाम, माघ २१ गते 

मैथिली कला र संगीतको क्षेत्रमा पछिल्लो समय देखिएको सक्रियताका बीच जनकपुरधामका स्थानीय गायक तथा कलाकार हिमेश चौधरीको नयाँ मैथिली गीत ‘गुलाबी गुलाबी’ सार्वजनिक भएको छ। गीत फेब्रुअरी ४ मा यु ट्युब मार्फत औपचारिक रूपमा रिलिज गरिएको हो।

रोमान्टिक स्वादले भरिएको उक्त गीतमा हिमेश चौधरी सँगै स्नातक तहमा अध्ययनरत सिम्रनको अभिनय देख्न सकिन्छ। गीतको शब्द र गायन हिमेश चौधरीकै रहेको छ भने संगीत संयोजन दीपेन्द्र साहले गरेका छन्।

ड्रिम तस्विर ब्यानरमा निर्माण गरिएको यस म्युजिक भिडियोको प्राविधिक पक्ष सबल देखिन्छ। भिडियोको सम्पादन हिमांशु पटेल र लभ चौधरी, छायांकन अंकित ठाकुर, कला निर्देशन आदर्श साह, पोशाक डिजाइन रन्जिता (ए.एस. क्रिएशन) तथा शीर्षक डिजाइन अनुराग साहको रहेको छ।

युवा पुस्तालाई लक्षित गरी तयार गरिएको ‘गुलाबी गुलाबी’ले मैथिली सांगीतिक बजारमा सकारात्मक चर्चा कमाउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..