मैथिली संगीतमा नयाँ ऊर्जा: हिमेश चौधरीको ‘गुलाबी गुलाबी’ गीत सार्वजनिक

9 महीना पहिले प्रकाशित

राष्ट्रिय आवाज

जनकपुरधाम, माघ २१ गते 

मैथिली कला र संगीतको क्षेत्रमा पछिल्लो समय देखिएको सक्रियताका बीच जनकपुरधामका स्थानीय गायक तथा कलाकार हिमेश चौधरीको नयाँ मैथिली गीत ‘गुलाबी गुलाबी’ सार्वजनिक भएको छ। गीत फेब्रुअरी ४ मा यु ट्युब मार्फत औपचारिक रूपमा रिलिज गरिएको हो।

रोमान्टिक स्वादले भरिएको उक्त गीतमा हिमेश चौधरी सँगै स्नातक तहमा अध्ययनरत सिम्रनको अभिनय देख्न सकिन्छ। गीतको शब्द र गायन हिमेश चौधरीकै रहेको छ भने संगीत संयोजन दीपेन्द्र साहले गरेका छन्।

ड्रिम तस्विर ब्यानरमा निर्माण गरिएको यस म्युजिक भिडियोको प्राविधिक पक्ष सबल देखिन्छ। भिडियोको सम्पादन हिमांशु पटेल र लभ चौधरी, छायांकन अंकित ठाकुर, कला निर्देशन आदर्श साह, पोशाक डिजाइन रन्जिता (ए.एस. क्रिएशन) तथा शीर्षक डिजाइन अनुराग साहको रहेको छ।

युवा पुस्तालाई लक्षित गरी तयार गरिएको ‘गुलाबी गुलाबी’ले मैथिली सांगीतिक बजारमा सकारात्मक चर्चा कमाउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १३ गते विद्यालय शिक्षा क्षेत्र योजनाको प्रभावकारी कार्यान्वयन र स्थानी..

  मोनु गुप्ता  जनकपुरधाम, कार्तिक १३ गते   मधेश प्रदेशका आठवटै जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तार गर्..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, कार्तिक १२ गते    ‘मिस वेलनेस वर्ल्ड–२०२६’ को उपाधि जितेर अन्तर्राष्ट्à..

दिपक श्रेष्ठ मण्डल राष्ट्रिय आवाज | जनकपुरधाम, कार्तिक ९ गते नेपाली कांग्रेसका नेता एवं मधेश प्रदेशका पूर्व भौति..

  दिपक श्रेष्ठ मण्डल राष्ट्रिय आवाज | कार्तिक ८ गते  बारा जिल्लाको महागढीमाई नगरपालिका–६, पतरहट्टीस्थित श्र..