भयरहित निर्वाचन सुनिश्चित गर्न प्रशासन प्रतिबद्ध _ धनुषा प्रजिअ

6 महीना पहिले प्रकाशित

 

 

ईन्द्र भुषण यादब 

जनकपुरधाम, माघ १४ गते 

 

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ , निष्पक्ष , भयमुक्त र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सम्पूर्ण धनुषा वासी सँग आग्रह गरिएका छन् । 

 

निर्वाचन लक्षित सुरक्षा गतिविधि सुरु भएका छन् । धनुषामा निर्वाचनलाई मध्ये नजर गर्दै मातहतका प्रहरी युनिट लाई निर्वाचन लक्षित गस्ती , पेट्रोलिङ, पिकेट, चेकजाँच लगायत कार्यक्रम प्रहरी परिचालन गरिएको छ । 

 

सीमा क्षेत्रमा हुने घुसपैठ र आपराधिक क्रियाकलाप नियन्त्रण गर्न नियमित अनुगमन र गस्ती गरिएको छ । धनुषामा निर्वाचन क्षेत्रलाई अतिसंवेदनशील , संवेदनशील र सामान्यरुपमा वर्गीकरण गरिएको छ । 

 

जिल्ला प्रशासन कार्यालय धनुषाले यहाँका १९४ मतदानस्थल अति संवेदशनशील रहेको जनाएको छ । जिल्लामा रहेका ३२२ मतदान स्थलमध्ये १९४ अति अतिसंवेदशनशील,१०६ वटा संवेदशनशील र २२ वटा सामान्य सूचीमा वर्गीकरण गरिएको कार्यालयको भनाइ छ ।

 

जिल्लामा मतदान केन्द्रको सङ्ख्या ६४५ छ । खुल्ला सीमा नाका, बढी मतदाता, विगतका निर्वाचनमा मतदानको वर्षमा भएको विभिन्न किसिमको उत्पन्न समस्याका कारण मतदानस्थलहरुको वर्गीकरण गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जानकारी दिए ।

 

एक मतदान केन्द्रमा १० देखि १२ जना सुरक्षाकर्मी परिचालन गरिने उनले बताए । प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सबै सुरक्षा प्रमुखको सहभागितामा अति संवेदनशील मतदान स्थलको आज पनि अनुगमन गरिएको छ ।नेपाल–भारतको सीमानासँग जोडिएको मतदानस्थलको अनुगमन भइरहेको धनुषाका प्रमुख जिल्ला अधिकारी लुइँटेलले जानकारी दिए ।

 

मधेस प्रदेश निर्वाचन कार्यालयका अनुसार धनुषाका चार निर्वाचन क्षेत्रमा पाँच लाख १४ हजार ५७१ जना मतदाता छ । जसमा पुरुष दुई लाख ७६ हजार १२६ जना, महिला दुई लाख ३८ हजार ४३५ र लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक (अन्य) १० जना मतदाता छन् ।

 

सो निर्वाचनमा ६ हजार ५ सय कर्मचारी खटिनेछ । खटिने कर्मचारीको विवरण सङ्कलन भइरहेको छ ।प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि धनुषामा चारवटा निर्वाचन क्षेत्रमा १४२, क्षेत्र नं २ मा ३४, क्षेत्र नं ३ मा ४५ र क्षेत्र नं ४ मा ३७ जना उम्मेदवार छन् । 

 

भयरहित , निष्पक्ष र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गराउन प्रहरी सङ्गठन कटिबद्ध छ । सम्पूर्ण , आमनागरिक राजनीतिक दलको सुरक्षाका लागि प्रहरी तयार छ । शान्ति सुरक्षाकाे विषयलाई लिएर कसैले डर त्रास मान्नुपर्ने अवस्था छैन । 

 

पूर्णरुमा शान्ति , सुव्यवस्था र अमनचयन कायम गराइसकेका छाैँ । कानुन पालना गराउन नेपाल प्रहरी सदैव दत्तचित्त भएर खटिइएकै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  मोनु गुप्ता  राष्ट्रिय आवाज जनकपुरधाम, साउन ९ गते  जनकपुरधाम सुनचाँदी व्यवसायी संघको अध्यक्षमा राजिव कुम..

   माेनु गुप्ता  राष्ट्रिय आवाज  जनकपुरधाम, श्रावण ९ गते  मधेश प्रदेशमा देखिएको रगत अभाव न्यूनीकरण गर्ने ..

  राष्ट्रिय आवाज जनकपुरधाम, साउन ७ गते धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक नगरी जनकपुरधामको समग्र विकास बलेन सरका..

  राष्ट्रिय आवाज साउन १ गते ,जनकपुरधाम   जनकपुरधाम–४ स्थित ब्याहुत सेवा समिति (कलवार कुट्टी), नेपाल ले महिलाक..

    दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, असार ३२ गते    धनुषा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घ..