धनुषा–२ मा कांग्रेसको चुनावी अभियान तीव्र

8 महीना पहिले प्रकाशित

 

ईन्द्र भुषण यादब 

जनकपुरधाम, माघ १३ गते

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै धनुषा निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसले आफ्नो चुनावी गतिविधिलाई तीव्र बनाएको छ।

 

कांग्रेसले उक्त क्षेत्रमा दिनेश प्रसाद परसैला यादवलाई उम्मेदवार बनाएको छ। नेपाली कांग्रेस धनुषा क्षेत्र नं. २ कार्यसमितिको विस्तारित बैठकबाट पार्टीभित्रको आन्तरिक एकता मजबुत बनाउँदै ‘घर–दैलो’ अभियानलाई प्रभावकारी बनाउने निर्णय गरिएको छ।

बैठकले वडा, पालिका तथा प्रदेश क्षेत्रीय समितिहरूलाई सक्रिय बनाएर घर–घरमा पुगेर कांग्रेसका पक्षमा मत माग्ने अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।

कार्यक्रममा क्षेत्रीय सभापति नवीन कुमार गोहीवारले कांग्रेस केवल चुनाव जित्नका लागि नभई धनुषाको आर्थिक रूपान्तरण र समृद्धिका लागि मैदानमा उत्रिएको बताए। उनले हरेक कार्यकर्तालाई आफूलाई उम्मेदवार सम्झेर जनताको घरदैलोमा पुग्न आग्रह गरे।

बैठकका प्रमुख अतिथि पूर्व कृषि मन्त्री रामकृष्ण यादव थिए भने कार्यक्रमको अध्यक्षता क्षेत्रीय सभापति गोहीवारले गरेका थिए।

बैठकमा क्षेत्रभरिका नेता तथा कार्यकर्ताहरूको व्यापक उपस्थिति रहेको थियो। नेताहरूले परसैला जस्तो संघर्षशील उम्मेदवार पाउनु धनुषावासीका लागि गर्वको विषय भएको धारणा व्यक्त गरे।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..