महेश बस्नेतको अभिव्यक्तिप्रति धनुषा चेम्बरको आपत्ति

9 महीना पहिले प्रकाशित

 

 

राष्ट्रिय आवाज

जनकपुरधाम, माघ ७ गते

धनुषा चेम्बर अफ कमर्सका अध्यक्ष विजय कुमार साहले नेकपा (एमाले) का नेता महेश बस्नेतले प्रयोग गरेको मैथिली भाषासम्बन्धी अभिव्यक्तिलाई भाषा, संस्कृति र मधेशी समुदायको सम्मान माथिको गम्भीर आघात भएको बताएका छन्। उनले “छौरा” शब्दको अर्थ नै नबुझी गरिएको टिप्पणीलाई गैरजिम्मेवार, भड्काउ र निन्दनीय भन्दै कडा आपत्ति जनाएका छन्।

अध्यक्ष साहले मैथिली भाषामा “छौरा” वा “छौंडा” भन्नाले भर्खरको ठिटो केटो बुझिने स्पष्ट पार्दै, यसलाई अपमानजनक अर्थमा प्रस्तुत गर्नु अज्ञानता मात्र नभई भाषिक अपमान भएको आरोप लगाए। “जुन भाषा बुझिँदैन, त्यस बारे टिप्पणी गर्नु बौद्धिकता होइन, मूर्खता हो,” उनको भनाइ छ।

साहले व्यङ्ग्यात्मक रूपमा महेश बस्नेत लाई तत्काल भारतको कराचीमा उपचार गराउनु पर्ने आवश्यकता रहेको टिप्पणी गर्दै, त्यसको खर्च जनकपुर धामवासीले व्यहोर्न तयार रहेको समेत बताए। 

 

 राष्ट्रिय आवाज सँग कुराकानी गर्दै उनले यस्ता अभिव्यक्तिले सामाजिक सद्भावमा गम्भीर असर पार्ने चेतावनी दिँदै, महेश बस्नेतले सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गरे। गैरजिम्मेवार अभिव्यक्तिको जति निन्दा गरे पनि कम हुने अध्यक्ष साहको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १३ गते विद्यालय शिक्षा क्षेत्र योजनाको प्रभावकारी कार्यान्वयन र स्थानी..

  मोनु गुप्ता  जनकपुरधाम, कार्तिक १३ गते   मधेश प्रदेशका आठवटै जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तार गर्..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, कार्तिक १२ गते    ‘मिस वेलनेस वर्ल्ड–२०२६’ को उपाधि जितेर अन्तर्राष्ट्à..

दिपक श्रेष्ठ मण्डल राष्ट्रिय आवाज | जनकपुरधाम, कार्तिक ९ गते नेपाली कांग्रेसका नेता एवं मधेश प्रदेशका पूर्व भौति..

  दिपक श्रेष्ठ मण्डल राष्ट्रिय आवाज | कार्तिक ८ गते  बारा जिल्लाको महागढीमाई नगरपालिका–६, पतरहट्टीस्थित श्र..