धनुषा–२ मा कांग्रेसका दिनेश परसैला द्वारा उम्मेदवारी दर्ता

8 महीना पहिले प्रकाशित

 

ईन्द्र भूषण यादव

धनुषा, माघ ६ गते

धनुषा निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका तर्फबाट दिनेश प्रसाद यादव परसैलाले उम्मेदवारी दर्ता गराएका छन्।

नेपाली कांग्रेसले दोस्रो संविधानसभा सदस्यमा निर्वाचित भइसकेका परसैला लाई यसपटक प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको हो। उनले धनुषाको बिदेह नगरपालिका–स्थित तिनकौरिया चोकमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मंगलबार उम्मेदवारी दर्ता गराएका हुन्।

 

उम्मेदवारी दर्तापछि राष्ट्रिय आवाज सँग कुराकानी गर्दै परसैलाले आफू दशकौँ देखि राजनीतिमा सक्रिय रहेको उल्लेख गरे। उनले भने,“म लामो समयदेखि राजनीतिमा सक्रिय छु। मेरो उम्मेदवारी सामाजिक विकास, पारदर्शिता, भ्रष्टाचार अन्त्य र सुशासन स्थापनाका लागि हो।”

 

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गराउन परसैला निर्वाचन कार्यालय पुगेका थिए। उम्मेदवारी दर्ता कार्यक्रममा नेपाली कांग्रेसका नेता–कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..