धनुषा धाममा एक महिने लगने मकर मेला आज देखि सुरु

8 महीना पहिले प्रकाशित

ईन्द्र भुषण यादब 

जनकपुरधाम, माघ ४ गते 

 

धनुषाको प्रसिद्ध धार्मिकस्थल धनुषाधाममा लाग्ने एक महिने मकर मेला आज आइतबार देखि सुरु भएको छ ।

 

जिल्लाको उत्तरी पूर्वी क्षेत्रमा ऐतिहासिक, धार्मिक एवं पौराणिक महत्व बोकेको धनुषाधामको मकर मेला प्रख्यात रहेको छ । माघ ४ गतेदेखि मसान्तको अन्तिमसम्म प्रत्येक आइतबार लाग्ने मकर मेला भर्न नेपालसहित सीमावर्ती भारतका विभिन्न स्थानबाट लाखौंको संख्यामा श्रद्धालु भक्तजन तथा पर्यटकहरु धनुषाधाम आउने गर्छन् । 

 

त्रेतायुगमा राजा जनकले छोरी सीताको विवाहको लागि आयोजना गरेको स्वयम्वरमा भगवान रामले भाँचेको धनुषको एक टुक्रा आकाश, अर्को पाताल र धनुषको मध्य टुक्रा धनुषाधाममा झरेको धार्मिक मान्यता रहेको छ। धनुषाधाममा खसेको धनुषको कालो रङको शिलामाथि अहिले पीपलको रुख छ। उक्त रुख साढे पाँचसय वर्ष पुरानो रहेको विश्वास गरिन्छ। पीपलको बोटमुनि नागको बास रहेको बताइन्छ ।

 

अमावश्या तिथिका दिन मध्यरातमा मणिसहितको नाग देखिने र पूरै मन्दिर हरियो रङले रंगिने जनविश्वास छ। सोही स्थानमा धनुषबाबाको मन्दिर निर्माण पश्चात वर्षेनि माघ महिनामा मकर मेला लाग्ने गरेको छ। पाँच मकर स्नान गरेर धनुष भगवानको दर्शन गरेपछि १०० रामेश्वरमको दर्शन बराबर हुने धार्मिक विश्वास रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..