घाम उदाए सँगै तराईमा जनजीवन सहज बन्दै

8 महीना पहिले प्रकाशित

 

ईन्द्र भुषण यादव

जनकपुरधाम, माघ १ गते 

धनुषा सहित तराईका जिल्लामा घाम उदाउन थाले सँगै जनजीवन क्रमशः सहज बन्दै गएको छ। बिहान र बेलुका चिसोको प्रभाव रहे पनि दिउँसो पारिलो घाम लाग्दा सर्वसाधारणले राहत महसुस गरेका छन्।

केही दिनदेखि बिहानै झलमल्ल घाम देखिन थालेपछि मौसम सफा भएको विश्वासमा सर्वसाधारण दैनिक कामकाजमा निस्कन थालेका छन्। घाम लागेपछि बजार क्षेत्र र सार्वजनिक स्थानमा चहलपहल समेत बढेको छ।

घाम लागेर शरीर तात्दै गए पनि किसान भने पूर्ण रूपमा खुसी देखिएका छैनन्। यद्यपि सुध्रदो मौसमका कारण पशुपालन र दैनिकीमा सहजता आएको उनीहरूको भनाइ छ। बिहानै घाम लागेपछि घरपालुवा पशुबस्तु खुला छाड्दा फूर्तिले उफ्रिने गरेको र आहारा जुटाउन सजिलो भएको किसानले बताएका छन्।

बिहानदेखि लाग्ने घामका कारण दिउँसो तापक्रम बढ्दै गएको छ। जाडोको महसुस कम हुँदै गए पनि बिहान र साँझ चिसो कायमै रहेको स्थानीयको भनाइ छ।

सूर्य मानव जीवन सँग प्रत्यक्ष रूपमा सम्बन्धित र बहुउपयोगी ग्रह हो। घामले सकारात्मक ऊर्जा प्रवाह गर्ने मात्र नभई स्वास्थ्यका हिसाबले पनि लाभदायी मानिन्छ। विशेषगरी बिहानको घामले शरीरलाई आवश्यक भिटामिन ‘डी’ प्रदान गर्छ।

जाडो मौसममा घाम ताप्नु स्वास्थ्यका लागि उपयोगी हुने चिकित्सकहरूको सुझाव छ। सूर्यको किरणले मस्तिष्कमा मेलाटोनिन हर्मोनको सन्तुलन कायम गर्न सहयोग गर्ने भएकाले घाममा बस्दा राम्रो निद्रामा समेत मद्दत पुग्ने बताइन्छ।

विशेषज्ञका अनुसार हप्तामा कम्तीमा तीनदेखि चार पटक बिहान वा बेलुकी करिब २० देखि ३० मिनेटसम्म घाममा बस्नु स्वास्थ्यका लागि लाभदायी हुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..