शहिद पत्रकार उमा सिंहको स्मृतिमा रक्तदान कार्यक्रम

7 महीना पहिले प्रकाशित

 

राष्ट्रिय आवाज 

जनकपुरधाम, पुस २७ गते 

“शरीर भित्रका नशाहरूको सरसफाइ हो रक्तदान” भन्ने सन्देशसहित शहिद पत्रकार उमा सिंह प्रति श्रद्धाञ्जली अर्पण गर्दै रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

मिडिया काउन्सिल मधेश प्रदेशका कार्यवाहक अध्यक्ष सुरेश यादवको प्रमुख आतिथ्यतामा तथा प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्र जनकपुरधामका प्रमुख सतार अन्सारीको विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भयो।

सरसफाइ अभियानकर्मी धीरेन्द्र कुमार साहको विशेष पहलमा आयोजित कार्यक्रममा रक्तदानको महत्वबारे चर्चा परिचर्चा गर्दै सहभागीहरूले रक्तदान गरेका थिए।

कार्यक्रममा वक्ताहरूले रक्तदान जस्तो पवित्र कार्य नै शहिद प्रति सच्चा श्रद्धाञ्जली हुने विचार व्यक्त गरे।

कार्यक्रम मधेश प्रदेश सरकार अन्तर्गतको प्रदेश जनस्वास्थ्य प्रयोगशाला (Province Public Health Laboratory), जनकपुरधाम स्थित मधेश रक्त सञ्चार सेवामा सम्पन्न भएको हो।

प्रमुख अतिथि, मिडिया काउन्सिल मधेश प्रदेशका कार्यवाहक अध्यक्ष सुरेश यादवले उमा सिंह सत्य र निर्भीक पत्रकारिताको प्रतीक भएको उल्लेख गर्दै भन्नुभयो, शहिदको सम्झना भाषण र माल्यार्पणमा सीमित नराखी समाज उपयोगी कार्यमार्फत गर्नुपर्छ, जसको उत्कृष्ट उदाहरण आजको रक्तदान कार्यक्रम हो। 

पत्रकार उमा सिंह लाई हत्याराले खुकुरी प्रहार गरेका थिए त्यो बेलामा बढी रक्तदान बगेर मरेका थिए साथै दुर्लभ रक्त   'A-' रक्त समयमा उपलब्ध न भएकोले पनि बचाउन न सकेको अवस्था चित्रण गरेको थियो। आइन्दा रक्त को अभावमा कसैको मृत्यु न होस भन्दै रक्त दान कुनै कारखाना मा न बन्ने भएकोले स्वत स्फूर्त रक्त दान गर्न सुरेशले आग्रह गरेका थिए।

 

विशिष्ट अतिथि, प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्र जनकपुर धामका प्रमुख सतार अन्सारीले रक्तदानको वैज्ञानिक र सामाजिक महत्वबारे प्रकाश पार्दै भन्नुभयो, रक्तदानले एकातिर स्वास्थ्य लाभ दिन्छ भने अर्कोतर्फ समाजमा आपसी सहयोग र मानवीय संवेदना मजबुत बनाउँछ। उमा सिंहको स्मृतिमा गरिएको यो अभियानले युवा पुस्ता लाई सकारात्मक सन्देश दिएको छ।

 

त्यस्तै, सरसफाइ अभियानकर्मी धीरेन्द्र कुमार साहले आफ्ना धारणा राख्दै भन्नुभयो, मेरो सिरहा वासी बहिनी उमा सिंह जस्ता शहिदहरूको सपना सामाजिक अन्याय र हिंसामुक्त समाज हो। रक्तदान जस्तो पवित्र कार्यमार्फत त्यो सपना साकार बनाउने प्रयास नै सच्चा श्रद्धाञ्जली हो। उनले शरीरभित्रका नशाहरूको सरसफाइ हो रक्तदान भन्दै अरूको लागि काम लाग्न सकियौ भने सच्चा मानव सेवा हो

आजको कार्यक्रममा पत्रकार मुकेश ठाकुर, हदिश खुदार, सरोज मल्लिक, मोनु गुप्ता लगायतका सहभागिता रहेका थिए भने अतिथिहरूका विचारले कार्यक्रमलाई केवल स्मृति कार्यक्रम नभई मानव सेवा, सामाजिक जिम्मेवारी र लोकतान्त्रिक मूल्य सँग जोडिएको अभियानका रूपमा स्थापित गरेको देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  मोनु गुप्ता  राष्ट्रिय आवाज जनकपुरधाम, साउन ९ गते  जनकपुरधाम सुनचाँदी व्यवसायी संघको अध्यक्षमा राजिव कुम..

   माेनु गुप्ता  राष्ट्रिय आवाज  जनकपुरधाम, श्रावण ९ गते  मधेश प्रदेशमा देखिएको रगत अभाव न्यूनीकरण गर्ने ..

  राष्ट्रिय आवाज जनकपुरधाम, साउन ७ गते धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक नगरी जनकपुरधामको समग्र विकास बलेन सरका..

  राष्ट्रिय आवाज साउन १ गते ,जनकपुरधाम   जनकपुरधाम–४ स्थित ब्याहुत सेवा समिति (कलवार कुट्टी), नेपाल ले महिलाक..

    दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, असार ३२ गते    धनुषा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घ..