मधेशमा राष्ट्रिय खेलकुद तयारी बैठक, बैंक खाता नखुल्दा चिन्ता

8 महीना पहिले प्रकाशित

माेनु गुप्ता 

जनकपुरधाम, पुस २३ गते 

१० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका सन्दर्भमा मधेश खेलकुद परिषदले प्रदेश अन्तर्गतका सम्पूर्ण खेल संघ संस्थाहरू सँग आज बुधबार छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।

बैठकमा प्रतियोगिताको तयारी, व्यवस्थापन, खेलाडी छनोट, खेल पूर्वाधारको अवस्था तथा संघ–संस्था बीचको समन्वय बारे विस्तृत छलफल गरिएको थियो। सहभागी संघका प्रतिनिधिहरूले प्रतियोगिता सफल बनाउन आवश्यक सुझाव र अनुभव साझा गरेका छन्।

कार्यक्रमका अध्यक्ष तथा मधेश खेलकुद परिषदका सदस्य–सचिव शिवजी प्रसाद कानुले खेलकुदले युवामा अनुशासन, स्वास्थ्य र राष्ट्रिय भावना विकास गर्ने उल्लेख गर्दै सबै खेल संघहरूको सक्रिय सहभागिता लाई सकारात्मक बताए। उनले छलफलमा सहभागिता जनाई सुझाव दिने सम्पूर्ण संघका अध्यक्ष, पदाधिकारी तथा सदस्यहरू लाई परिषदको तर्फ बाट धन्यवाद व्यक्त गरे।

मधेश खेलकुद परिषदका निमित्त सचिव रञ्जित यादवको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सहभागी एक खेलाडीले परिषदको बैंक खाता हालसम्म नखुल्दा विभिन्न खेलकुद गतिविधि तथा प्रतियोगिता सञ्चालनमा समस्या भइरहेको गुनासो गरेका छन्। उनका अनुसार अन्य प्रदेशका खेलकुद परिषद हरूले प्रभावकारी रूपमा खेलाडी उत्पादनमा भूमिका खेलिरहेका बेला मधेश प्रदेशमा बैंक खाता खोल्ने प्रक्रियामा विभिन्न बहानामा ढिलाइ भइरहेको छ।

छलफलले मधेश प्रदेशमा खेलकुदको समग्र विकास र १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता सफलता पूर्वक सम्पन्न गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..