सरस्वती पूजालाई मर्यादित बनाउन विद्यालय–अभिभावक समन्वयमा जोड

8 महीना पहिले प्रकाशित

 

राष्ट्रिय आवाज 

जनकपुरधाम, पुस २० गते

आउँदो सरस्वती पूजाका अवसरमा विद्यार्थीहरू अनिवार्य रूपमा विद्यालयको निर्धारित पोसाकमै सहभागी हुनुपर्ने व्यवस्था गरिएको छ। एन–प्याब्सन जनकपुरधामले एक सूचना जारी गर्दै सरस्वती पूजाका लागि नयाँ पोसाक खरिद नगर्न विद्यालय तथा अभिभावकहरू लाई अनुरोध गरेको छ।

एन–प्याब्सन जनकपुरधामका अध्यक्ष दिपक कु. ठाकुरले पूजाको नाममा पछिल्लो समय देखिन थालेका विकृति तथा अनुशासनहीन गतिविधि प्रति ध्यानाकर्षण गराउँदै विद्यार्थीको आवागमन समय सुनिश्चित गर्न विद्यालय सँग समन्वय गर्न अभिभावकहरूलाई आग्रह गरेका छन्।

सूचनामा विद्यार्थी कति बजे विद्यालय प्रस्थान गर्छन् र कति बजे घर फर्किन्छन् भन्ने विषयमा स्पष्टता नहुँदा विभिन्न अवाञ्छित गतिविधि बढ्ने गरेको उल्लेख गरिएको छ। संस्थाले सरस्वती पूजालाई शैक्षिक मर्यादा, संस्कार र अनुशासनको दायराभित्र राख्न सबै सरोकारवाला पक्षको जिम्मेवारी रहेको जनाएको छ।

एन–प्याब्सन जनकपुरधामले विद्यालय, अभिभावक तथा समुदायबीच सहकार्य बिना चाडपर्व अनुशासित रूपमा सम्पन्न हुन नसक्ने भन्दै सबै पक्षलाई जिम्मेवार बन्न आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..