इचिगो इन्टरनेशनल एजुकेशन द्वारा शैक्षिक सेमिनार

8 महीना पहिले प्रकाशित

 

मोनु गुप्ता 

जनकपुरधाम, पुस १९ गते

इचिगो इन्टरनेशनल एजुकेशन प्रा.लि. को आयोजनामा आज शनिबार जनकपुरधाममा शैक्षिक सेमिनार सम्पन्न भएको छ। सेमिनारमा विदेश अध्ययन गर्न इच्छुक विद्यार्थीहरूलाई युके, जापान, अष्ट्रेलिया, कोरिया, इटाली, क्यानडा तथा युरोप लगायतका देशमा अध्ययनका अवसर, प्रक्रिया तथा आवश्यक तयारीबारे जानकारी गराइएको थियो।

कार्यक्रममा वक्ताहरूले विद्यार्थीहरूलाई सही शैक्षिक परामर्श, भाषा दक्षता र वैधानिक प्रक्रिया पूरा गरेर सुरक्षित रूपमा विदेश अध्ययन तर्फ अग्रसर हुन सुझाव दिएका थिए। सेमिनारमा विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

सेमिनार संस्थाका प्रमुख बाल्मीकी कुमार साहको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा अध्यक्ष साहले विदेश अध्ययन लाई केवल आकर्षणको विषय होइन, योजना बद्ध र जिम्मेवार निर्णयको रूपमा लिनुपर्ने बताउँदै, “विद्यार्थीहरूले आफ्नो क्षमता, रुचि र भविष्यको लक्ष्यअनुसार गन्तव्य देश र विषय छनोट गर्नुपर्छ,” भने। उनले सही सूचना र पारदर्शी प्रक्रिया बाट मात्रै विद्यार्थीको भविष्य सुरक्षित हुने उल्लेख गरे।

कार्यक्रमले विद्यार्थीहरूलाई विदेश अध्ययन सम्बन्धी आवश्यक जानकारी र मार्गदर्शन प्रदान गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..