श्री हरि मानव कल्याण मञ्च द्वारा न्यानो वस्त्र वितरण

8 महीना पहिले प्रकाशित

 

 

माेनु गुप्ता 

जनकपुरधाम, पुस १८ गते

नव वर्ष २०२६ को अवसरमा श्री हरि मानव कल्याण मञ्चले समाजका अभावग्रस्त तथा पीडित वर्गलाई लक्षित गर्दै न्यानो वस्त्र वितरण कार्यक्रम सम्पन्न गरेको छ। मानव सेवाको पवित्र भावना सहित मञ्चले नव वर्षलाई सामाजिक उत्तरदायित्वका साथ मनाएको हो।

 

चिसो मौसमका कारण जोखिममा परेका विपन्न, असहाय, वृद्ध, कमजोर वर्ग तथा बालबालिकाहरू लाई न्यानो ज्याकेट, स्वेटर, हाइनेक, हुडी, पलिया लगायतका आवश्यक वस्त्रहरू वितरण गरिएको मञ्चले जनाएको छ।

 

उक्त सेवामूलक कार्यक्रमले जाडोका कारण उत्पन्न हुन सक्ने स्वास्थ्य जोखिम न्यूनीकरण गर्नुका साथै समाजमा मानवीय करुणा, सहानुभूति र सामाजिक सद्भावलाई थप मजबुत बनाउने विश्वास लिइएको छ।

मञ्चले ‘सेवा नै साँचो धर्म हो’ भन्ने मूल मन्त्र लाई आत्मसात गर्दै आगामी दिनहरूमा पनि यस्ता निरन्तर सेवामूलक कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। मञ्चका अध्यक्ष दिपक श्रेष्ठ मण्डलले समाजका कमजोर वर्गको जीवनमा आशा र भरोसा जगाउने उद्देश्यका साथ यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिइने जानकारी दिनुभयो।

यस पुनीत कार्यमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सम्पूर्ण परोपकारी मनहरूलाई मञ्चका अध्यक्ष मण्डलले हार्दिक धन्यवाद व्यक्त गर्नुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..