स्थानीय तहका कर्मचारी द्वारा सभामुख यादव सम्मानित

9 महीना पहिले प्रकाशित

 

 

मोनु गुप्ता

जनकपुरधाम, पुस १६ गते

नेपाल नगरपालिका कर्मचारी एसोसिएसन तथा मधेस प्रदेशका आठै जिल्लाबाट स्थानीय तहमा कार्यरत करिब ५० जना कर्मचारीहरूले मधेस प्रदेश सभाका माननीय सभामुख राम आशिष यादवलाई सम्मान गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

कार्यक्रममा सहभागी कर्मचारीहरूले सभामुख यादवले संसदीय अभ्यासलाई सुदृढ बनाउँदै लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण र प्रदेश सभाको संस्थागत विकासमा खेलेको भूमिकाको प्रशंसा गरे। उनीहरूले सभामुखको नेतृत्वमा मधेस प्रदेश सभा जनहितका विषयलाई प्राथमिकतामा राख्दै अझ प्रभावकारी ढंगले अघि बढ्ने विश्वास व्यक्त गरे।

सभामुख यादवले सम्मानप्रति आभार व्यक्त गर्दै स्थानीय तहका कर्मचारीहरू लोकतन्त्रका आधारस्तम्भ भएको उल्लेख गरे। उनले सुशासन, प्रभावकारी सेवा प्रवाह तथा स्थानीय विकासलाई मजबुत बनाउन सबै सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताए।कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..