स्थानीय तहका कर्मचारी द्वारा सभामुख यादव सम्मानित

10 महीना पहिले प्रकाशित

 

 

मोनु गुप्ता

जनकपुरधाम, पुस १६ गते

नेपाल नगरपालिका कर्मचारी एसोसिएसन तथा मधेस प्रदेशका आठै जिल्लाबाट स्थानीय तहमा कार्यरत करिब ५० जना कर्मचारीहरूले मधेस प्रदेश सभाका माननीय सभामुख राम आशिष यादवलाई सम्मान गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

कार्यक्रममा सहभागी कर्मचारीहरूले सभामुख यादवले संसदीय अभ्यासलाई सुदृढ बनाउँदै लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण र प्रदेश सभाको संस्थागत विकासमा खेलेको भूमिकाको प्रशंसा गरे। उनीहरूले सभामुखको नेतृत्वमा मधेस प्रदेश सभा जनहितका विषयलाई प्राथमिकतामा राख्दै अझ प्रभावकारी ढंगले अघि बढ्ने विश्वास व्यक्त गरे।

सभामुख यादवले सम्मानप्रति आभार व्यक्त गर्दै स्थानीय तहका कर्मचारीहरू लोकतन्त्रका आधारस्तम्भ भएको उल्लेख गरे। उनले सुशासन, प्रभावकारी सेवा प्रवाह तथा स्थानीय विकासलाई मजबुत बनाउन सबै सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताए।कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १३ गते विद्यालय शिक्षा क्षेत्र योजनाको प्रभावकारी कार्यान्वयन र स्थानी..

  मोनु गुप्ता  जनकपुरधाम, कार्तिक १३ गते   मधेश प्रदेशका आठवटै जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तार गर्..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, कार्तिक १२ गते    ‘मिस वेलनेस वर्ल्ड–२०२६’ को उपाधि जितेर अन्तर्राष्ट्à..

दिपक श्रेष्ठ मण्डल राष्ट्रिय आवाज | जनकपुरधाम, कार्तिक ९ गते नेपाली कांग्रेसका नेता एवं मधेश प्रदेशका पूर्व भौति..

  दिपक श्रेष्ठ मण्डल राष्ट्रिय आवाज | कार्तिक ८ गते  बारा जिल्लाको महागढीमाई नगरपालिका–६, पतरहट्टीस्थित श्र..