व्यक्तिगत रिसिविका कारण ब्राउन सुगर राखी फसाउने दुई पक्राउ

8 महीना पहिले प्रकाशित

 

राष्ट्रिय आवाज 

जनकपुरधाम, पुस १६ गते

व्यक्तिगत रिसिविका कारण मोटरसाइकलमा लागू औषध ब्राउन सुगर राखी निर्दोष व्यक्तिलाई फसाउने योजनामा संलग्न दुई जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा शहिदनगर नगरपालिका–६ हटिपुर बस्ने ३४ वर्षीय सुभाष यादव र विदेह नगरपालिका–४ ठाडीका २७ वर्षीय पुनित कुमार यादव रहेका छन्।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार मिति २०८२ मंसिर २३ गते साँझ करिब ५:१५ बजे जनकपुरधाम उपमहानगरपालिका–१६ अन्तर्गत हुलाकी सडकखण्डमा चेकजाँचका क्रममा विदेह नगरपालिका–१ ठाडी निवासी ४१ वर्षीय अशोक कुमार साहले चलाएको मोटरसाइकलको सिटमुनि कालो प्लास्टिकमा राखिएको ब्राउन सुगर जस्तो देखिने लागू औषध बरामद गरिएको थियो। प्लास्टिकसहित ६.११ मिलिग्राम र प्लास्टिकबाहेक ३.७६ मिलिग्राम तौल भएको उक्त पदार्थ फेला परेको धनुषा प्रहरीले जनाएको छ।

पक्राउ परेका अशोक कुमार साहले उक्त लागू औषध आफूले न राखेको, न सेवन वा बिक्री गरेको र कसैले फसाएको हुन सक्ने भन्दै निष्पक्ष अनुसन्धानको माग गरेका थिए। त्यसपछि प्रहरीको आशंका बढेपछि घटनाबारे सूक्ष्म अनुसन्धान सुरु गरिएको थियो।

अनुसन्धानका क्रममा प्रहरीले सुराकीको भूमिकामा रहेका व्यक्तिहरूको गतिविधि ट्रयाक गर्दा सुराकी दिने सुभाष यादव सम्पर्कविहीन भई फरार भएपछि आशंका थप बलियो बनेको थियो। थप अनुसन्धान गर्दा सुभाष यादव र पुनित कुमार यादव मिलेर अशोक कुमार साहलाई फसाउने उद्देश्यले मोटरसाइकलमा ब्राउन सुगर राखी प्रहरीलाई खबर गरेको खुलेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रहरीका अनुसार पुनित कुमार यादव सँग अशोक कुमार साहको अघिल्लो समय लेनदेन सम्बन्धी मुद्दा रहेको र उक्त मुद्दामा अशोक साहले अदालतमा वारेस बसेर काम गरेपछि पुनित यादवले वारेस नबस्न दबाब दिँदै पटक–पटक धम्की दिएको खुल्न आएको छ। सोही व्यक्तिगत रिसिविका कारण लागू औषध राखी फसाउने योजना बनाइएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनामाथि लागू औषध नियन्त्रण ऐन, २०३३ अनुसार मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको छ। उक्त ऐनको दफा ४ बमोजिमको कसुर प्रमाणित भएमा ७ देखि १० वर्षसम्म कैद तथा ५ हजारदेखि २५ हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने कानुनी व्यवस्था रहेको प्रहरीले जनाएको छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..