चालक–सहचालक लाई लक्षित नि:शुल्क स्वास्थ्य परीक्षण

10 महीना पहिले प्रकाशित

 

राष्ट्रिय आवाज 

धनुषा, पुस १६ गते 

धनुषा जिल्लाको लालगढ स्थित रिफ्रेस सेन्टरमा आज चालक तथा सह–चालकहरू लाई लक्षित नि:शुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर, धनुषाका प्रमुख प्रहरी नायव महानिरीक्षक गोबिन्द थपलियाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया, बाराका प्रमुख प्रहरी उपरीक्षक राजकुमार सिलवालको विशेष सहभागिता रहेको थियो। कार्यक्रम जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर शाहीको संयोजकत्वमा सम्पन्न भएको हो।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया, बारा र जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रममा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रादेशिक अस्पताल जनकपुर तथा श्री जानकी आँखा अस्पताल रामानन्दचोक, धनुषाको प्राविधिक सहयोग रहेको थियो।

कार्यक्रममा ३०० भन्दा बढी चालक तथा सह–चालकहरूले आँखा, रक्तचाप, मधुमेहलगायत विभिन्न स्वास्थ्य परीक्षण गराएका थिए। स्वास्थ्य परीक्षणले सडक सुरक्षामा महत्वपूर्ण भूमिका खेल्ने चालकहरूको स्वास्थ्य प्रति सचेतना अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  भाग्य चरण यादब  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १४ गते जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियास्थित रà¤..

  दीपक श्रेष्ठ मण्डल  कार्तिक १४ गते  भारतको राष्ट्रिय एकीकरणका सूत्रधार सरदार वल्लभभाई पटेलको १५१औँ जन्मज..

  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १३ गते विद्यालय शिक्षा क्षेत्र योजनाको प्रभावकारी कार्यान्वयन र स्थानी..

  मोनु गुप्ता  जनकपुरधाम, कार्तिक १३ गते   मधेश प्रदेशका आठवटै जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तार गर्..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, कार्तिक १२ गते    ‘मिस वेलनेस वर्ल्ड–२०२६’ को उपाधि जितेर अन्तर्राष्ट्à..