जाडो बिदा आदेशको खुला उल्लङ्घन, उपमहानगर निरीह

9 महीना पहिले प्रकाशित

 

 

राष्ट्रिय आवाज

जनकपुरधाम, पुस १६ गते (बुधबार)

बाक्लो हुस्सु र शीतलहरका कारण मौसममा सुधार नआएको हुँदा जनकपुरधाम उपमहानगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयहरूमा जाडो बिदा घोषणा गरेको थियो। तर, उक्त निर्देशनको प्रभावकारी कार्यान्वयन हुन नसकेको गुनासो बढ्दै गएको छ।

उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद विकास शाखाका प्रमुख अन्जु पाण्डेय द्वारा मिति २०८२/०९/११ मा जारी सूचनाअनुसार, मिति २०८२/०९/१३ देखि २०८२/०९/१६ सम्म सबै विद्यालयमा जाडो बिदा दिने निर्णय गरिएको थियो। यो सूचना जिल्ला प्रशासन कार्यालय धनुषा, शिक्षा विकास तथा समन्वय इकाई धनुषा र विभिन्न निजी विद्यालय संघ–संस्थालाई पठाइएको थियो।

तर, निर्देशनको उल्लङ्घन गर्दै गोगल माध्यमिक विद्यालय, बसहिया लगायत केही विद्यालयहरू अघिल्लो दिनै सञ्चालनमा रहेका थिए। यस्तै, पुस १५ गते मदर टेरेसा र सिद्धार्थ विद्यालय तथा पुस १६ गते मोनालिसा स्कुल सञ्चालनमा रहेको स्थानीयले बताएका छन्।

स्थानीय अभिभावक तथा सरोकारवालाहरूले सूचना जारी गरेर मात्र दायित्व पूरा भएको ठान्ने प्रवृत्तिप्रति असन्तुष्टि जनाएका छन्। उनीहरूको प्रश्न छ, “बालबालिकाको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषयमा स्थानीय सरकारको निर्देशन अटेर गर्ने विद्यालयमाथि के कारबाही हुन्छ?”

यस विषयमा सम्बन्धित निकायबाट हालसम्म कुनै स्पष्ट कारबाही प्रक्रिया सार्वजनिक नभएकोले स्थानीय सरकारको नियमन क्षमता र जिम्मेवारीमाथि प्रश्न उठ्न थालेको छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..