दाइजो विरुद्ध अन्तिम शंखनाद जनकपुरधाम बाट

9 महीना पहिले प्रकाशित

 

राष्ट्रिय आवाज 

जनकपुरधाम, पुस १६ गते 

मधेश प्रदेशका पूर्व मुख्यमन्त्री सतिश कुमार सिंहले दाइजो प्रथा विरुद्ध देशव्यापी विशेष अभियान सञ्चालन गर्ने घोषणा गरेका छन्। अभियानको औपचारिक शुरुआत जनकपुरधाम बाट गरिएको हो।

जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा सिंहले दाइजोका कारण छोरीहरूको शिक्षा, सुरक्षा र आत्मसम्मानमा गम्भीर असर परिरहेको भन्दै सामाजिक विकृतिको अन्त्यका लागि अभियान आवश्यक भएको बताए। पछिल्लो समय दाइजोका कारण घरेलु हिंसा तथा छोरी–बुहारीको हत्या जस्ता घटनामा वृद्धि भइरहेको उल्लेख गर्दै उनले समाज परिवर्तनका लागि कानुनी र संरचनागत सुधार अपरिहार्य रहेको धारणा राखे।

उनका अनुसार कल्किज्म रिसर्च सेन्टरको आयोजनामा अभियान सञ्चालन गरिनेछ। दाइजो नियन्त्रणका लागि नयाँ कानुन निर्माण, डिभोर्स सम्बन्धी कानुनी व्यवस्था, बुहारी हत्या भएको घरका केटाको पुनः विवाहमा रोक तथा विवाहमा केटा–केटी पक्षबाट समान खर्चको व्यवस्था गर्ने विषयमा पहल गरिने उनले बताए।

त्यसैगरी सुशासन स्थापनाका लागि स्मार्ट करेन्सी (डिजिटल मुद्रा) लागू गर्न अभियान चलाइने जानकारी पनि उनले दिए।

कार्यक्रममा अमेरिकामा बसोबास गर्ने स्मार्ट करेन्सी सम्बन्धी विज्ञ लगानीकर्ता तथा कल्किज्म रिसर्च सेन्टरका जय साहले स्मार्ट करेन्सीले पारदर्शिता, जवाफदेहिता र भ्रष्टाचार नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने बताए। उनका अनुसार सबै आर्थिक कारोबार डिजिटल माध्यम बाट हुँदा कर प्रणाली सुधार हुने र सेवा प्रवाह प्रभावकारी बन्नेछ।

कल्किज्म रिसर्च सेन्टरका अनुसार दाइजो विरुद्धको यस अभियानमा एक सय अर्थशास्त्री र एक हजार चिकित्सक सहभागी छन्। अभियानले मधेश प्रदेशमा दाइजोका कारण हुने हिंसा र सामाजिक विकृतिमा कमी ल्याउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..