नगर शिक्षा समितिमा जितेन्द्र मनोनयन

9 महीना पहिले प्रकाशित

 

राष्ट्रिय आवाज

जनकपुरधाम, पुस ११ गते 

जनकपुरधाम उपमहानगरपालिकाको नगर शिक्षा ऐन–२०७७ को दफा ९ को (ट) बमोजिम नगर शिक्षा समितिको सदस्य पदमा जनकपुरधाम उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष जितेन्द्र महासेठ लाई मनोनयन गरिएको छ।

नगर प्रमुख मनोज कुमार साहद्वारा महासेठ लाई उक्त पदमा मनोनयन गरिएको हो। शिक्षा क्षेत्रसँग प्रत्यक्ष सरोकार राख्ने अनुभवी व्यक्तित्वलाई समितिमा समावेश गरिएको उपमहानगरपालिकाले जनाएको छ।

मनोनयन पछि प्रतिक्रिया दिँदै महासेठले शिक्षा क्षेत्रको समग्र विकास, गुणस्तरीय शिक्षाको प्रवर्द्धन तथा निजी–सरकारी सहकार्य सुदृढीकरणमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।

यसैबीच हालै सम्पन्न पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ धनुषाको सपथ ग्रहण कार्यक्रममा मन्तव्य राख्दै महासेठले धार्मिक, सांस्कृतिक तथा पर्यटकीय नगरी जनकपुरधामको रामायण कालीन गौरवमय इतिहासलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा जोड दिएका थिए। उनले आजको विद्यार्थी तथा युवा पुस्तालाई नैतिकवान बनाउन आध्यात्मिक चेतना, नैतिक शिक्षा र रामायण जस्ता शास्त्रीय ग्रन्थको ज्ञान शिक्षा मार्फत प्रवाह गर्न आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..