तुलसी पूजन दिवस जनकपुरधाममा भव्य रूपमा सम्पन्न

10 महीना पहिले प्रकाशित

 

राष्ट्रिय आवाज

जनकपुरधाम, पुस १० गते (बिहीबार)

तुलसीको धार्मिक, आयुर्वेदिक, सांस्कृतिक तथा आध्यात्मिक महत्त्वलाई उजागर गर्दै जनकपुरधाममा तुलसी पूजन दिवस भव्य रूपमा सम्पन्न भएको छ। प्राचीन कालदेखि नै औषधीय र आध्यात्मिक गुणका कारण तुलसीलाई ‘माता’को स्थान दिई पूजा–आराधना गर्ने परम्परा रहँदै आएको छ।

स्वास्थ्य, पर्यावरण संरक्षण तथा पारिवारिक आरोग्यका दृष्टिले समेत अत्यन्त उपयोगी मानिने तुलसीले वातावरण स्वच्छ राख्नुका साथै प्रदूषण न्यूनीकरण र रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने विश्वास गरिन्छ। वैज्ञानिक अनुसन्धानहरूले पनि तुलसीको बहुउपयोगिता पुष्टि गरिसकेका छन्।

देशको भावी पुस्तामा संस्कारको सिञ्चन गर्ने उद्देश्यले मिथिला भूमि जनकपुरधामस्थित जानकी मन्दिरको प्राङ्गणमा सामूहिक रूपमा तुलसी पूजन कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा तुलसी माताको परिक्रमा तथा आरतीसमेत गरिएको थियो।

कार्यक्रमका अध्यक्ष श्री अशोक मिश्रले तुलसीको उपयोगिताबारे चर्चा गर्दै भन्नुभयो, “नेपाल मात्र होइन, विश्वभरका मानिसहरूले तुलसीको रोपण र सेवनबाट स्वस्थ तथा निरोग जीवन प्राप्त गर्न सक्छन्। तुलसीलाई वैद्य अर्थात् प्राकृतिक चिकित्सक पनि भनिन्छ।” उहाँका अनुसार तुलसीको पात सेवनले स्मरणशक्ति, बल र तेज बढाउनुका साथै क्यान्सरविरोधी तत्वसमेत पाइन्छ। फ्रेन्च चिकित्सक विकर रोशिनले समेत तुलसीलाई ‘वन्डर ड्रग’ भन्दै उच्च रक्तचाप, मानसिक रोग तथा पाचन प्रणालीका लागि लाभदायक औषधि भएको उल्लेख गरेका छन्।

लोककल्याणकारी उद्देश्यसहित सन्त श्री आशाराम बापूजीको प्रेरणामा सन् २०१४ देखि प्रत्येक वर्ष डिसेम्बर २५ तारिखका दिन तुलसी पूजन दिवस मनाउन थालिएको हो। हाल यो दिवस नेपाल र भारत मात्र नभई विश्वका विभिन्न मुलुकमा विद्यालय, कलेज, मन्दिर, धार्मिक स्थल तथा घर–घरमा सामूहिक वा व्यक्तिगत रूपमा मनाइँदै आएको छ।

कार्यक्रम पश्चात उपस्थित सहभागीहरूले तुलसी पूजन दिवसलाई देशव्यापी तथा विश्वव्यापी रूपमा विस्तार गर्ने संकल्प गर्दै आ–आफ्नो टोल तथा घरमा पनि सामूहिक तुलसी पूजन आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १३ गते विद्यालय शिक्षा क्षेत्र योजनाको प्रभावकारी कार्यान्वयन र स्थानी..

  मोनु गुप्ता  जनकपुरधाम, कार्तिक १३ गते   मधेश प्रदेशका आठवटै जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तार गर्..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, कार्तिक १२ गते    ‘मिस वेलनेस वर्ल्ड–२०२६’ को उपाधि जितेर अन्तर्राष्ट्à..

दिपक श्रेष्ठ मण्डल राष्ट्रिय आवाज | जनकपुरधाम, कार्तिक ९ गते नेपाली कांग्रेसका नेता एवं मधेश प्रदेशका पूर्व भौति..

  दिपक श्रेष्ठ मण्डल राष्ट्रिय आवाज | कार्तिक ८ गते  बारा जिल्लाको महागढीमाई नगरपालिका–६, पतरहट्टीस्थित श्र..