दलितको समावेशी विकास बिना मधेशको समग्र विकास सम्भव छैन : सभामुख यादव

9 महीना पहिले प्रकाशित

 

राष्ट्रिय आवाज 

जनकपुरधाम, पुस ९ गते 

मधेश प्रदेश सरकारको आगामी नीति तथा कार्यक्रम तर्जुमा गर्ने सन्दर्भमा दलित समुदायको सामाजिक, आर्थिक तथा शैक्षिक अवस्था लाई केन्द्रमा राख्दै अन्तर सम्वाद कार्यक्रम सम्पन्न भएको छ।

दलित महिला संघ (FEDO) को आयोजनामा जनकपुरधाममा सम्पन्न कार्यक्रममा मधेश प्रदेश सभाकी प्रदेश अध्यक्ष गीता दासको अध्यक्षता रहेको थियो भने मधेश प्रदेश सभाका सभामुख रामआशिष यादव प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

 

कार्यक्रममा वक्ताहरूले मधेश प्रदेशमा दलित समुदाय अझै पनि शिक्षा, रोजगारी, स्वास्थ्य तथा सामाजिक न्यायका क्षेत्रमा संरचनागत विभेदको मारमा रहेको उल्लेख गर्दै प्रदेश सरकारको आगामी नीति तथा कार्यक्रममा दलितमैत्री तथा समावेशी योजना प्राथमिकताका साथ समेटिनुपर्नेमा जोड दिए। विशेषगरी दलित महिलाको सशक्तीकरण, शिक्षामा पहुँच विस्तार, सीपमूलक तथा स्वरोजगारमुखी तालिम र दीगो रोजगारी सिर्जनाका कार्यक्रम अपरिहार्य रहेको धारणा व्यक्त गरिएको थियो।

प्रमुख अतिथि सभामुख यादवले दलित समुदायको समावेशी विकास बिना प्रदेशको समग्र सामाजिक तथा आर्थिक विकास सम्भव नहुने स्पष्ट पार्दै नीति तथा कार्यक्रममा दलित समुदायका सवाललाई संस्थागत र परिणाममुखी रूपमा समेट्ने प्रतिबद्धता जनाउनुभयो। यस्ता अन्तर सम्वादले नीति निर्माण प्रक्रियालाई तथ्यगत र जनउत्तरदायी बनाउन महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो।

कार्यक्रमका अध्यक्ष गीता दासले दलित समुदायका वास्तविक समस्या नीति तहसम्म पुर्याउन फेडो निरन्तर क्रियाशील रहने बताउँदै दलित समुदायको अवस्था झल्किने तथ्याङ्कमा आधारित योजना निर्माण आजको आवश्यकता भएको उल्लेख गर्नुभयो।

अन्तरसम्वाद कार्यक्रममा पत्रकार कैलाश दस, प्रदेश सांसद ललिता दास विद्रोही, इन्सेक प्रदेश अध्यक्ष राजु पासमान लगायतका ले आ आफनो मन्तव्य राखेका थिए भने नागरिक समाजका प्रतिनिधि, दलित अधिकारकर्मी, महिला अगुवा तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..