जेन्जी आन्दोलन र राष्ट्रसेवकको भूमिका माथि वैद्विक पेसागत महासङ्घको अन्तरक्रिया

7 महीना पहिले प्रकाशित

 

 

राष्ट्रिय आवाज

बबरमहल काठमाडौं 

     पुस ९ गते, बुधबार

नेपाल वैद्विक पेसागत महासङ्घले जेन्जी आन्दोलन, राजनीतिक परिवर्तन र राष्ट्रसेवकको भूमिका विषयमा अवधारणापत्र सहित अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा नेपाल सरकारका पूर्व संघीय तथा सामान्य प्रशासन मन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता राजेन्द्र प्रसाद श्रेष्ठ प्रमुख अतिथि तथा नेपाल सरकारका पूर्व सचिव गोपी मैनाली विशेष अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा विभिन्न महासङ्घका प्रमुख तथा प्रतिनिधि र राष्ट्रियस्तरका ट्रेड युनियनका अध्यक्ष तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

प्रमुख अतिथि श्रेष्ठले जेन्जी आन्दोलनले राजनीतिक परिवर्तनलाई नयाँ पुस्ताको दृष्टिकोणबाट बुझ्न सहयोग पुर्याउने उल्लेख गर्दै परिवर्तनको प्रभाव राष्ट्रसेवकको कार्यशैली र उत्तरदायित्व देखिनुपर्ने बताए। उनले राजनीतिक परिवर्तनलाई संस्थागत गर्न राष्ट्रसेवकको भूमिका महत्वपूर्ण हुने धारणा व्यक्त गरे।

विशेष अतिथि मैनालीले राष्ट्रसेवकहरू राजनीतिक परिवर्तनका साक्षी मात्र नभई सुशासन र प्रशासनिक स्थायित्वका आधार भएको बताए। उनले पेसागत मर्यादा, पारदर्शिता र उत्तरदायित्व कायम गर्नुपर्नेमा जोड दिए।

कार्यक्रमको अध्यक्षता महासङ्घका अध्यक्ष शरण कुमार गुरुङले गरेका थिए। अध्यक्षीय मन्तव्यमा उनले समसामयिक राजनीतिक परिवर्तन र राष्ट्रसेवकको भूमिकाबारे निरन्तर संवाद आवश्यक रहेको बताए।

अन्तर्क्रिया कार्यक्रममा प्रस्तुत अवधारणापत्र माथि सहभागीहरूले सुझाव र धारणा राखेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  मोनु गुप्ता  राष्ट्रिय आवाज जनकपुरधाम, साउन ९ गते  जनकपुरधाम सुनचाँदी व्यवसायी संघको अध्यक्षमा राजिव कुम..

   माेनु गुप्ता  राष्ट्रिय आवाज  जनकपुरधाम, श्रावण ९ गते  मधेश प्रदेशमा देखिएको रगत अभाव न्यूनीकरण गर्ने ..

  राष्ट्रिय आवाज जनकपुरधाम, साउन ७ गते धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक नगरी जनकपुरधामको समग्र विकास बलेन सरका..

  राष्ट्रिय आवाज साउन १ गते ,जनकपुरधाम   जनकपुरधाम–४ स्थित ब्याहुत सेवा समिति (कलवार कुट्टी), नेपाल ले महिलाक..

    दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, असार ३२ गते    धनुषा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घ..