लक्ष्य सहित अघि बढे युवालाई कसैले रोक्न सक्दैन : सभामुख यादव

9 महीना पहिले प्रकाशित

 

 

मोनु गुप्ता 

जनकपुरधाम, ९ पुस

जनकपुरधाममा सुरु भएको पाँचौँ अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको उद्घाटन समारोह लाई सम्बोधन गर्दै मधेस प्रदेश सभाका सभामुख राम आशिष यादवले लक्ष्य सहित निरन्तर अगाडि बढ्ने युवालाई कुनै शक्तिले रोक्न नसक्ने बताउनुभएको छ।

सभामुख यादवले युवालाई वायुको संज्ञा दिँदै वायु जब तूफान बन्छ, त्यसलाई कसैले रोक्न नसक्ने उल्लेख गर्नुभयो। उहाँले युवाहरूलाई स्पष्ट लक्ष्य निर्धारण गरी अनुशासन, संघर्ष र निरन्तरताका साथ जीवनमा अगाडि बढ्न आग्रह गर्नुभयो।

खेलकुदले अनुशासन, सहनशीलता र नेतृत्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै सभामुख यादवले युवा खेलाडीहरू सुन्दर भविष्यका निर्माणकर्ता भएको उल्लेख गर्नुभयो। उहाँले खेलाडीहरूलाई मदिरा, गुट्खा, पानपराग जस्ता कुलतबाट टाढा रहन सुझाव दिँदै स्वस्थ जीवनशैली अपनाउन आग्रह गर्नुभयो।

सभामुख यादवले विद्यालय स्तरमै खेलाडीको प्रतिभा पहिचान गरी अवसर प्रदान गर्न सके राष्ट्रकै खेलकुद भविष्य उज्यालो बन्ने विश्वास व्यक्त गर्नुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..