लक्ष्य सहित अघि बढे युवालाई कसैले रोक्न सक्दैन : सभामुख यादव

10 महीना पहिले प्रकाशित

 

 

मोनु गुप्ता 

जनकपुरधाम, ९ पुस

जनकपुरधाममा सुरु भएको पाँचौँ अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको उद्घाटन समारोह लाई सम्बोधन गर्दै मधेस प्रदेश सभाका सभामुख राम आशिष यादवले लक्ष्य सहित निरन्तर अगाडि बढ्ने युवालाई कुनै शक्तिले रोक्न नसक्ने बताउनुभएको छ।

सभामुख यादवले युवालाई वायुको संज्ञा दिँदै वायु जब तूफान बन्छ, त्यसलाई कसैले रोक्न नसक्ने उल्लेख गर्नुभयो। उहाँले युवाहरूलाई स्पष्ट लक्ष्य निर्धारण गरी अनुशासन, संघर्ष र निरन्तरताका साथ जीवनमा अगाडि बढ्न आग्रह गर्नुभयो।

खेलकुदले अनुशासन, सहनशीलता र नेतृत्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै सभामुख यादवले युवा खेलाडीहरू सुन्दर भविष्यका निर्माणकर्ता भएको उल्लेख गर्नुभयो। उहाँले खेलाडीहरूलाई मदिरा, गुट्खा, पानपराग जस्ता कुलतबाट टाढा रहन सुझाव दिँदै स्वस्थ जीवनशैली अपनाउन आग्रह गर्नुभयो।

सभामुख यादवले विद्यालय स्तरमै खेलाडीको प्रतिभा पहिचान गरी अवसर प्रदान गर्न सके राष्ट्रकै खेलकुद भविष्य उज्यालो बन्ने विश्वास व्यक्त गर्नुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १३ गते विद्यालय शिक्षा क्षेत्र योजनाको प्रभावकारी कार्यान्वयन र स्थानी..

  मोनु गुप्ता  जनकपुरधाम, कार्तिक १३ गते   मधेश प्रदेशका आठवटै जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तार गर्..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, कार्तिक १२ गते    ‘मिस वेलनेस वर्ल्ड–२०२६’ को उपाधि जितेर अन्तर्राष्ट्à..

दिपक श्रेष्ठ मण्डल राष्ट्रिय आवाज | जनकपुरधाम, कार्तिक ९ गते नेपाली कांग्रेसका नेता एवं मधेश प्रदेशका पूर्व भौति..

  दिपक श्रेष्ठ मण्डल राष्ट्रिय आवाज | कार्तिक ८ गते  बारा जिल्लाको महागढीमाई नगरपालिका–६, पतरहट्टीस्थित श्र..