बर्दिवासमा गौतमले सुरु गरे शिक्षा अक्षय कोष

9 महीना पहिले प्रकाशित

जीवनराज दाहाल

 बर्दिवास, पौष ५ गते

 

बर्दिवास–१४ स्थित एकीकृत नमुना मुसहर बस्तीका बालबालिकाको शिक्षामा सहयोग पुर्याउने उद्देश्य सहित ‘गौतम होटल शिक्षा अक्षय कोष’ स्थापना गरिएको छ । समाजसेवी हिरालाल गौतमले आफ्नो ५० औँ जन्मदिनको अवसर पारेर रु ३ लाख ११ हजार रुपैयाँ बराबरको अक्षय कोष स्थापना गरी उक्त रकम हस्तान्तरण गरेका हुन ।

 

“तपाईं हाम्रो अभियान, शिक्षामा योगदान” भन्ने मूल नाराका साथ सुरु गरिएको उक्त अक्षय कोष गौतम होटलको पहलमा स्थापना गरिएको हो । आयोजकका अनुसार कोषबाट पछाडि पारिएका समुदायका बालबालिकाको शैक्षिक पहुँच विस्तार तथा दीर्घकालीन सहयोग गर्ने लक्ष्य लिइएको छ ।

 

कार्यक्रममा उपस्थित अतिथि तथा सहभागीहरूले हिरालाल गौतमलाई ५०औँ जन्मदिनको अवसरमा शुभकामना व्यक्त गर्दै शिक्षामा केन्द्रित उनको पहलले समाजको गरिमा बढाएको प्रतिक्रिया दिएका थिए । व्यक्तिगत खुसीलाई सामाजिक दायित्वसँग जोड्नु प्रेरणादायी कार्य भएको उनीहरूको भनाइ थियो ।

 

स्थानीय समाजसेवी, बुद्धिजीवी, पत्रकार तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागितामा सम्पन्न कार्यक्रममा वक्ताहरूले शिक्षा नै सामाजिक परिवर्तनको आधार भएको उल्लेख गरे । उनीहरूले यस किसिमका अक्षय कोषमार्फत गरिने सहयोगले मुसहर बस्तीका बालबालिकालाई उज्यालो भविष्यतर्फ अघि बढ्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..