श्रीहरि मानव कल्याण मञ्च द्वारा सीता रजक लाई सहयोग

9 महीना पहिले प्रकाशित

 

मोनु गुप्ता

जनकपुरधाम, पुस २ गते 

 

श्री हरि मानव कल्याण मञ्चले जीवन–मरण सँग संघर्ष गरिरहेकी रौतहट जिल्लाकी सीता रजक लाई राहत तथा आर्थिक सहयोग प्रदान गरेको छ।

 

मञ्चका अध्यक्ष दीपक श्रेष्ठ मण्डलको पहलमा सीता रजक लाई चामल, दाल, तेल, साबुन, सर्फ लगायत दैनिक उपभोग्य सामग्रीसहित केही नगद आर्थिक सहयोग उपलब्ध गराइएको हो। कमरमा लगाइएका चारवटा स्टिल मध्ये केही भाँचिएपछि उहाँ केही दिनदेखि गम्भीर पीडामा रहँदै आउनुभएको छ। साथै, उहाँको मुखबाट अत्यधिक रगत बग्ने समस्या पनि देखिएको मञ्चले जनाएको छ।

 

थप उपचारका लागि उहाँ भोलि काठमाडौँ जाने तयारीमा रहनुभएको छ। उपचारका लागि थप सहयोग आवश्यक रहेको भन्दै मञ्चले नागरिक समाज तथा नेपाल सरकार समक्ष सहयोगका लागि अपिल गरेको छ।

उपचार सहयोग गर्न चाहने सहयोगी हातहरूले ई–सेवा आईडी ९८१११८७५४१ मार्फत सिधै सीता लाई आर्थिक सहयोग गर्न सक्ने जनाइएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..