जसपा नेपालको जनकपुरधाम नगर अधिवेशन सम्पन्न

9 महीना पहिले प्रकाशित

 

राष्ट्रिय आवाज 

जनकपुरधाम, २८ मंसिर । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) जनकपुरधाम उप–महानगरपालिकाको नगर अधिवेशन सम्पन्न भएको छ। नगर अध्यक्ष बिशुनदेव साहको अध्यक्षतामा तथा पार्टीका केन्द्रीय नेता एवं पूर्व नगर प्रमुख लालकिशोर साहको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो।

 

जनकपुरधाम–४ स्थित राधाकृष्ण मन्दिर सभाहोलमा आयोजित अधिवेशनमा उप–महानगरपालिकाका २५ वटै वडाबाट प्रतिनिधि, अग्रज नेता तथा कार्यकर्ताको सहभागिता थियो। अधिवेशनमा संगठन सुदृढीकरण, राजनीतिक रणनीति तथा स्थानीय तहमा पार्टीको भूमिकाबारे छलफल गरिएको आयोजकले जनाएको छ।

 

कार्यक्रममा मधेश आन्दोलनका क्रममा घाइते भएका सुनिल दास र अरमान खान लाई साल ओढाएर सम्मान गरिएको थियो। उनीहरूले मधेश आन्दोलनका उपलब्धि संरक्षण गर्दै सामाजिक न्यायका लागि निरन्तर संघर्ष आवश्यक रहेको बताए।

 

प्रमुख अतिथि लालकिशोर साहले पार्टीको मूल एजेन्डा सामाजिक न्याय, समावेशिता र संघीयताको प्रभावकारी कार्यान्वयन रहेको उल्लेख गरे। उनले स्थानीय तहबाट संगठन मजबुत बनाउँदै जनताको विश्वास जित्नु पर्नेमा जोड दिए।

 

अधिवेशनमा पार्टीका केन्द्रीय उपमहासचिव दीपक कार्की, केन्द्रीय सदस्य तथा प्रदेश सांसद रामआशिष यादव, ममता मण्डल, जितेन्द्र यादव, रामेश्वर महरा, पूर्व मन्त्री ज्ञानेन्द्र यादव, जिल्ला अध्यक्ष पशुपति यादवलगायतले मन्तव्य राखेका थिए।

 

वक्ताहरूले संघीयता, समावेशी लोकतन्त्र र सामाजिक न्यायको कार्यान्वयन अझै अपूर्ण रहेको उल्लेख गर्दै त्यसका लागि पार्टीले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गरे। अधिवेशन पार्टी संगठनलाई थप सक्रिय र जनउत्तरदायी बनाउने प्रतिबद्धतासहित सम्पन्न भएको आयोजकले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..