‘जहाँ औषधि, त्यहाँ फार्मासिस्ट’ नारा सहित धनुषा जिल्लाको प्रथम अधिवेशन

9 महीना पहिले प्रकाशित

 

 

राष्ट्रिय आवाज 

जनकपुर धाम, मंसिर २७ गते 

नेपाल फार्मेसी संघ, मधेश प्रदेश अन्तर्गत धनुषा जिल्लाको प्रथम जिल्ला अधिवेशन ‘जहाँ औषधि, त्यहाँ फार्मासिस्ट’ नारासहित सम्पन्न भएको छ।

 

अधिवेशनमा फार्मासिस्ट सूर्य गुप्ता र सुदर्शन सिंह विशेष अतिथिका रूपमा सहभागी थिए। कार्यक्रम मधेश प्रदेश समितिका कार्यवाहक अध्यक्ष मुकेश साह र महासचिव अमरनाथ साहको नेतृत्वमा सम्पन्न भएको हो।

 

अधिवेशनमा फार्मासिस्टको भूमिका, औषधिको सुरक्षित प्रयोग तथा पेशागत हकहितका विषयमा छलफल गरिएको थियो। वक्ताहरूले स्वास्थ्य सेवाको गुणस्तर सुधारका लागि फार्मासिस्टको अनिवार्य उपस्थितिमा जोड दिएका थिए।

 

अधिवेशनबाट ११ सदस्यीय धनुषा जिल्ला समिति गठन गरिएको छ। अध्यक्षमा निरज कुमार मण्डल चयन भएका छन्। उपाध्यक्षमा अरुण कुमार साह, महासचिवमा सुदिप कुमार महतो, कोषाध्यक्षमा अजित कुमार ठाकुर र सचिवमा त्रिलोक कुमार साह चयन भएका छन्। सदस्यहरूमा विजय कुमार भगत, गुलाम मुस्तुफा, संजीप महतो, राम ईश्वर साह, रवीन्द्र कुमार महतो र रुपेश कुमार दास रहेका छन्।

 

नवगठित समितिले जिल्लामा फार्मेसी पेशालाई व्यवस्थित र मर्यादित बनाउने प्रतिबद्धता जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..