रोशनी झा प्रकरणमा पूर्वमन्त्री महतोको ध्यानाकर्षण, निष्पक्ष छानबिनको माग

9 महीना पहिले प्रकाशित

 

राष्ट्रिय आवाज 

जनकपुर धाम, मंसिर २२ गते 

जनकपुरधाम–४ कटैया चौरीकी २७ वर्षीया रोशनी झाको शंकास्पद निधनप्रति पूर्वमन्त्री तथा नेकपा एमालेकी नेतृ जुली कुमारी महतोले गम्भीर ध्यानाकर्षण जनाउँदै निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाही गर्न आग्रह गरेकी छन्।

 

गत बिहीबार राति घरमै मृत फेला परेकी रोशनी बारे ससुराली पक्षले आत्महत्या गरेको दाबी गरे पनि माइती पक्षले हत्या गरी प्रमाण नष्ट गरिएको आरोप लगाउँदै उजुरी दर्ता गराएका छन्।

 

चार वर्षअघि प्रशान्त मिश्र सँग विवाह भएको रोशनी प्रकरणमा उनका श्रीमान् प्रशान्त मिश्र र ससुरा रुद्र नारायण मिश्र लाई जिल्ला प्रहरी कार्यालय धनुषाले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। प्रहरीका अनुसार पोस्टमार्टम प्रतिवेदन पछि घटनाको वास्तविकता उजागर हुनेछ।

 

रोशनीका मामा प्रदीप चौधरीले प्रमाण नष्ट गरिएको आशंका व्यक्त गर्दै छानबिन अझ कडा बनाउन माग गरेका छन्।

पूर्वमन्त्री महतोले घटनालाई अत्यन्त संवेदनशील भन्दै सत्यतथ्य छिटो सार्वजनिक गर्न र दोषीमाथि कडाभन्दा कडा कारबाही गर्न जोड दिएकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..