रोशनी झा प्रकरणमा पूर्वमन्त्री महतोको ध्यानाकर्षण, निष्पक्ष छानबिनको माग

11 महीना पहिले प्रकाशित

 

राष्ट्रिय आवाज 

जनकपुर धाम, मंसिर २२ गते 

जनकपुरधाम–४ कटैया चौरीकी २७ वर्षीया रोशनी झाको शंकास्पद निधनप्रति पूर्वमन्त्री तथा नेकपा एमालेकी नेतृ जुली कुमारी महतोले गम्भीर ध्यानाकर्षण जनाउँदै निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाही गर्न आग्रह गरेकी छन्।

 

गत बिहीबार राति घरमै मृत फेला परेकी रोशनी बारे ससुराली पक्षले आत्महत्या गरेको दाबी गरे पनि माइती पक्षले हत्या गरी प्रमाण नष्ट गरिएको आरोप लगाउँदै उजुरी दर्ता गराएका छन्।

 

चार वर्षअघि प्रशान्त मिश्र सँग विवाह भएको रोशनी प्रकरणमा उनका श्रीमान् प्रशान्त मिश्र र ससुरा रुद्र नारायण मिश्र लाई जिल्ला प्रहरी कार्यालय धनुषाले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। प्रहरीका अनुसार पोस्टमार्टम प्रतिवेदन पछि घटनाको वास्तविकता उजागर हुनेछ।

 

रोशनीका मामा प्रदीप चौधरीले प्रमाण नष्ट गरिएको आशंका व्यक्त गर्दै छानबिन अझ कडा बनाउन माग गरेका छन्।

पूर्वमन्त्री महतोले घटनालाई अत्यन्त संवेदनशील भन्दै सत्यतथ्य छिटो सार्वजनिक गर्न र दोषीमाथि कडाभन्दा कडा कारबाही गर्न जोड दिएकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १३ गते विद्यालय शिक्षा क्षेत्र योजनाको प्रभावकारी कार्यान्वयन र स्थानी..

  मोनु गुप्ता  जनकपुरधाम, कार्तिक १३ गते   मधेश प्रदेशका आठवटै जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तार गर्..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, कार्तिक १२ गते    ‘मिस वेलनेस वर्ल्ड–२०२६’ को उपाधि जितेर अन्तर्राष्ट्à..

दिपक श्रेष्ठ मण्डल राष्ट्रिय आवाज | जनकपुरधाम, कार्तिक ९ गते नेपाली कांग्रेसका नेता एवं मधेश प्रदेशका पूर्व भौति..

  दिपक श्रेष्ठ मण्डल राष्ट्रिय आवाज | कार्तिक ८ गते  बारा जिल्लाको महागढीमाई नगरपालिका–६, पतरहट्टीस्थित श्र..