मुजेलिया विद्यालयमा १६ दिने अभियान अन्तर्गत लैङ्गिक हिंसा विरुद्ध जागरूकता कार्यक्रम

11 महीना पहिले प्रकाशित

 भागचरण यादब

मंसिर १५ गते, सोमबार

 

जनकपुरधाम उपमहानगरपालिका–१४ अवस्थित श्री माध्यमिक विद्यालय सोहनी मुजेलियामा १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान अन्तर्गत एकदिने जागरूकता तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। दलान नेपालका प्रतिनिधि धर्मानन्द ठाकुर द्वारा सञ्चालन गरिएको कार्यक्रममा विद्यार्थीहरूलाई लैङ्गिक हिंसाका रूप, कारण, प्रभाव तथा न्यूनिकरणका उपायहरू बारे विस्तृत जानकारी प्रदान गरिएको थियो।

 

“प्रविधिको सही प्रयोग गरौँ: लैङ्गिक हिंसा अन्त्य गरौँ” भन्ने मूल नारा राखी आयोजित कार्यक्रममा Good Touch & Bad Touch को पहिचान, बालबालिकाले दैनिक जीवनमा अपनाउनुपर्ने सुरक्षा उपाय, र जोखिम व्यवस्थापनका विषयमा विशेष प्रशिक्षण दिइयो। त्यसैगरी, डिजिटल युगमा तीव्र रूपमा बढ्दै गएको अनलाइन तथा साइबर हिंसाबाट सुरक्षित रहने उपाय, सावधानी तथा सतर्कता सम्बन्धी व्यावहारिक परामर्श समेत सहभागी विद्यार्थीहरूलाई दिइएको थियो।

 

कार्यक्रममा सहभागी विद्यार्थीहरूले प्रविधिको जिम्मेवार प्रयोग, लैङ्गिक हिंसा विरुद्ध स्वतःस्फूर्त रूपमा आवाज उठाउने, र सुरक्षित सामाजिक वातावरण निर्माणमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

 

१६ दिने अन्तर्राष्ट्रिय अभियानलाई स्थानीय तहमा प्रभावकारी बनाउने उद्देश्यसहित आयोजित उक्त कार्यक्रम दलान नेपाल, धनुषाको सक्रिय समन्वय र विद्यालय प्रशासनको सहयोगमा सफलतापूर्वक सम्पन्न भएको विद्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  भाग्य चरण यादब  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १४ गते जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियास्थित रà¤..

  दीपक श्रेष्ठ मण्डल  कार्तिक १४ गते  भारतको राष्ट्रिय एकीकरणका सूत्रधार सरदार वल्लभभाई पटेलको १५१औँ जन्मज..

  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १३ गते विद्यालय शिक्षा क्षेत्र योजनाको प्रभावकारी कार्यान्वयन र स्थानी..

  मोनु गुप्ता  जनकपुरधाम, कार्तिक १३ गते   मधेश प्रदेशका आठवटै जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तार गर्..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, कार्तिक १२ गते    ‘मिस वेलनेस वर्ल्ड–२०२६’ को उपाधि जितेर अन्तर्राष्ट्à..