जनकपुरमा ‘Business Connect Dialogue’ कार्यक्रम आयोजन

10 महीना पहिले प्रकाशित

 

राष्ट्रिय आवाज 

जनकपुर धाम ,मंसिर १४ गते,आईतबार 

NYEF नेपाल युवा उधमी मञ्च जनकपुर च्याप्टर ले International Idea को सहकार्यमा आज जनकपुरस्थित होटल सिताशरणमा आयोजित “Business Connect Dialogue” कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा करिब ५ दर्जन भन्दा बढि जना उद्योगी, व्यापारी, आयातकर्ता, आपूर्तिकर्ता, खुद्रा व्यवसायी, अटोमोबाइल क्षेत्रका प्रतिनिधि, उद्योगपति तथा अन्य सरोकारवालाहरूको सक्रिय सहभागिता थियो।

 

यस संवादको उद्देश्य नेपालमा हालै भएको Gen Z Movement र सेप्टेम्बर ८ देखि १३ सम्मका दुर्भाग्यपूर्ण घटनाक्रम पछि व्यवसाय समुदायले भोगिरहेको अनिश्चितता, असुरक्षा र घट्दो आत्मविश्वासका विषयमा खुला छलफल र अनुभव साझा गर्ने थियो। यी घटनाहरूले बजार व्यवहार, लगानी वातावरण र आर्थिक गतिविधिमा आएको प्रभावलाई गहन रूपमा समेट्दै सहभागीहरूले आफ्ना विचार तथा सुझाव प्रस्तुत गरे।

 

कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिनिधिहरूले नीति स्थिरता, सुरक्षाको प्रत्याभूति, वित्तीय पहुँचको सुधार, र निजी क्षेत्रबीच सहकार्यलाई अत्यावश्यक रहेको बताउँदै तत्काल समाधान आवश्यक पर्ने चुनौतीहरूबारे धारणा राखे।

संवादमा खुद्रा व्यवसाय, आयात–निर्यात, थोक आपूर्ति, अटोमोबाइल, उत्पादन उद्योग, होटल–पर्यटन, सेवा तथा परामर्श क्षेत्रका वास्तविक चुनौती र सम्भावित समाधानहरू विस्तृत रूपमा छलफल गरियो।

 

कार्यक्रमका क्रममा, सहभागीहरूले प्रदेश २ तथा देशभरको आर्थिक वातावरणलाई स्थिर बनाउन व्यवसायिक समुदायबीच नियमित संवाद, सहकार्य र सकारात्मक कार्ययोजना अपरिहार्य रहेको निष्कर्ष निकाले।

 

NYEF जनकपुर च्याप्टरका प्रथम उपाध्यक्ष नविन शाह ले सबै सहभागीहरूलाई धन्यवाद व्यक्त गर्दै, यस्तो प्रकारको संवादले सामूहिक समझदारी, सहकार्य र दीर्घकालीन आर्थिक स्थिरता निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले आगामी दिनमा पनि NYEF जनकपुर च्याप्टरले यस्ता पहल लाई निरन्तरता दिने प्रतिबद्धता जनाए।

 

कार्यक्रम मुख्य सुझावहरूको संक्षेप तयार गर्ने र आगामी चरणमा थप सरोकारवालासँग परामर्श अघि बढाउने प्रतिबद्धता सहित सम्पन्न।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..