जनकपुर धाममा नेपाल पानी उद्योग महासंघको प्रारम्भिक भेला सम्पन्न

11 महीना पहिले प्रकाशित

 

राष्ट्रिय आवाज

जनकपुरधाम, मंसिर १३ गते

 

जनकपुरधाम प्रशोधित पानी उद्योगी व्यवसायी संघ, जनकपुरधामको आयोजनामा नेपाल पानी उद्योग महासंघ मधेश प्रदेशको प्रारम्भिक भेला आज सम्पन्न भएको छ। कार्यक्रम सङ्घका अध्यक्ष संजय कुमार झाको अध्यक्षता तथा नेपाल पानी उद्योग महासंघका संयोजक समेत रहेका विक्रम लिम्बू चेम्जोङको प्रमुख आतिथ्यतामा सम्पन्न ।

 

 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि चेम्जोङले प्रशोधित पिउने पानी उद्योग तीव्र रूपमा विस्तार भइरहे पनि उद्योगीहरू अझै पनि कानुनी अस्पष्टता, अनुगमनको कमजोरी र बजार व्यवस्थापन जस्ता समस्याबाट प्रभावित रहेको बताए।

उनले भने, “गुणस्तरयुक्त पिउने पानी उत्पादन उद्योगीहरूको व्यापार मात्र होइन, जनस्वास्थ्य सँग जोडिएको गम्भीर जिम्मेवारी हो।”

 

चेम्जोङले प्रदेश भरका उद्योगीलाई एकजुट गर्दै उद्योगको दीर्घकालीन सुधार, गुणस्तर मापदण्डको एकरूपता र मूल्य स्थिरता सुनिश्चित गर्न महासंघले सक्रिय भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाए।

 

भेलामा मधेश प्रदेशका विभिन्न जिल्लाबाट उपस्थित उद्योगी तथा व्यवसायीहरूले उद्योगभित्रका चुनौती, सम्भावना तथा सुधारका सुझाव राख्दै प्रदेशस्तरीय सशक्त संरचना आवश्यक रहेको धारणा व्यक्त गरे।

उलेख्य सहभागिताका साथमा भएका कार्यक्रममा जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी लगायतकाले आ आफनो मन्तव्य राखेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  भाग्य चरण यादब  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १४ गते जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियास्थित रà¤..

  दीपक श्रेष्ठ मण्डल  कार्तिक १४ गते  भारतको राष्ट्रिय एकीकरणका सूत्रधार सरदार वल्लभभाई पटेलको १५१औँ जन्मज..

  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १३ गते विद्यालय शिक्षा क्षेत्र योजनाको प्रभावकारी कार्यान्वयन र स्थानी..

  मोनु गुप्ता  जनकपुरधाम, कार्तिक १३ गते   मधेश प्रदेशका आठवटै जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तार गर्..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, कार्तिक १२ गते    ‘मिस वेलनेस वर्ल्ड–२०२६’ को उपाधि जितेर अन्तर्राष्ट्à..