जनकपुर धाममा नेपाल पानी उद्योग महासंघको प्रारम्भिक भेला सम्पन्न

10 महीना पहिले प्रकाशित

 

राष्ट्रिय आवाज

जनकपुरधाम, मंसिर १३ गते

 

जनकपुरधाम प्रशोधित पानी उद्योगी व्यवसायी संघ, जनकपुरधामको आयोजनामा नेपाल पानी उद्योग महासंघ मधेश प्रदेशको प्रारम्भिक भेला आज सम्पन्न भएको छ। कार्यक्रम सङ्घका अध्यक्ष संजय कुमार झाको अध्यक्षता तथा नेपाल पानी उद्योग महासंघका संयोजक समेत रहेका विक्रम लिम्बू चेम्जोङको प्रमुख आतिथ्यतामा सम्पन्न ।

 

 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि चेम्जोङले प्रशोधित पिउने पानी उद्योग तीव्र रूपमा विस्तार भइरहे पनि उद्योगीहरू अझै पनि कानुनी अस्पष्टता, अनुगमनको कमजोरी र बजार व्यवस्थापन जस्ता समस्याबाट प्रभावित रहेको बताए।

उनले भने, “गुणस्तरयुक्त पिउने पानी उत्पादन उद्योगीहरूको व्यापार मात्र होइन, जनस्वास्थ्य सँग जोडिएको गम्भीर जिम्मेवारी हो।”

 

चेम्जोङले प्रदेश भरका उद्योगीलाई एकजुट गर्दै उद्योगको दीर्घकालीन सुधार, गुणस्तर मापदण्डको एकरूपता र मूल्य स्थिरता सुनिश्चित गर्न महासंघले सक्रिय भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाए।

 

भेलामा मधेश प्रदेशका विभिन्न जिल्लाबाट उपस्थित उद्योगी तथा व्यवसायीहरूले उद्योगभित्रका चुनौती, सम्भावना तथा सुधारका सुझाव राख्दै प्रदेशस्तरीय सशक्त संरचना आवश्यक रहेको धारणा व्यक्त गरे।

उलेख्य सहभागिताका साथमा भएका कार्यक्रममा जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी लगायतकाले आ आफनो मन्तव्य राखेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..