विवाह पञ्चमी महोत्सवमा प्रहरीद्वारा ६८ जना पाकेटमार नियन्त्रण, ७ जनामाथि थप अनुसन्धान

11 महीना पहिले प्रकाशित

 

राष्ट्रिय आवाज

जनकपुरधाम, धनुषा, मंसिर ११ गते

 

श्री सीताराम विवाह पञ्चमी महोत्सव–२०८२ मा भीड व्यवस्थापन र आपराधिक गतिविधि नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय धनुषाले सादा पोशाकका प्रहरी सहित व्यापक सुरक्षा व्यवस्था अपनाएको थियो। महोत्सवको भीडभाड लाई लक्षित गर्दै संचालन गरिएको निगरानीका क्रममा चोरी तथा पाकेटमारीमा संलग्न रहेको आशंकामा ६८ जना लाई प्रहरीले नियन्त्रणमा लिएको छ।

 

जिल्ला प्रहरी कार्यालयका अनुसार नियन्त्रणमा परेकामध्ये महिला १३ जना र पुरुष ५५ जना रहेका छन्।

महिलामध्ये नेपाली १ जना र भारतीय १२ जना,

पुरुषमध्ये नेपाली ३१ जना र भारतीय ३७ जना रहेका छन्।

 

प्रारम्भिक अनुसन्धानपछि ६१ जनालाई अभिभावक तथा विभिन्न संघ–संस्थाका जिम्मेवार व्यक्तिहरूको जिम्मामा छोडिएको छ।

तर ७ जनामाथि — ३ जना नेपाली पुरुष र ४ जना भारतीय पुरुष — थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

१ लाख २७ हजार नगद तथा सुन–चाँदीका गरगहना बरामद

* प्रहरीले नियन्त्रणमा परेकाहरूको साथबाट नगद रु. १,२७,०८४,

१५ थान मोबाइल फोन,१२ थान मंगल सूत्र तथा अन्य सुन जस्ता गरगहना,३ थान चाँदीका औँठी बरामद गरेको छ।

धनुषाका प्रहरी प्रमुख एसपी रुगम बहादुर कुँवरका अनुसार महोत्सवमा ठूलो भीड हुने भएकाले चोरी र पाकेटमारी जस्ता आपराधिक गतिविधि रोकथामका लागि वर्दीधारी तथा सादा दुवै किसिमका प्रहरी व्यापक संख्यामा परिचालन गरिएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १३ गते विद्यालय शिक्षा क्षेत्र योजनाको प्रभावकारी कार्यान्वयन र स्थानी..

  मोनु गुप्ता  जनकपुरधाम, कार्तिक १३ गते   मधेश प्रदेशका आठवटै जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तार गर्..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, कार्तिक १२ गते    ‘मिस वेलनेस वर्ल्ड–२०२६’ को उपाधि जितेर अन्तर्राष्ट्à..

दिपक श्रेष्ठ मण्डल राष्ट्रिय आवाज | जनकपुरधाम, कार्तिक ९ गते नेपाली कांग्रेसका नेता एवं मधेश प्रदेशका पूर्व भौति..

  दिपक श्रेष्ठ मण्डल राष्ट्रिय आवाज | कार्तिक ८ गते  बारा जिल्लाको महागढीमाई नगरपालिका–६, पतरहट्टीस्थित श्र..