विवाह महोत्सवमा नेपाली सेना द्वारा सञ्चालन गरिएको ३ दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन

10 महीना पहिले प्रकाशित

राष्ट्रिय आवाज 

मंसिर १० गते, जनकपुरधाम

श्रीराम–जानकी विवाह महा–महोत्सव–२०८२ को अवसरमा श्री नेपाली सेनाद्वारा सञ्चालित ३ दिने बृहत् निःशुल्क स्वास्थ्य शिविर आज सफलतापूर्वक सम्पन्न भएको छ।

 

महोत्सवमा सहभागी भक्तजन, स्थानीयबासी तथा ज्येष्ठ नागरिकलाई लक्षित गर्दै सञ्चालन गरिएको स्वास्थ्य शिविरमा सामान्य स्वास्थ्य परीक्षण, विशेषज्ञ परामर्श, आवश्यक औषधि वितरण लगायत विविध स्वास्थ्य सेवा प्रदान गरिएको थियो।

 

तीन दिनसम्म निरन्तर रूपमा सेवा उपलब्ध गराउँदै समुदायको स्वास्थ्य सुरक्षामा महत्वपूर्ण योगदान गरेको नेपाली सेनाको यस पहलले महोत्सवलाई थप व्यवस्थित र जनमुखी बनाएको सहभागीहरूले बताएका छन्।

 

समापन समारोहमा चिकित्सक, स्वास्थ्यकर्मी, स्वयमसेवक तथा व्यवस्थापनतर्फ योगदान पुर्याउने सहयोगी हातहरू लाई सम्मान तथा आभार प्रकट गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..