प्रविधि–सहायक लैंगिक हिंसा (TFGBV) विषयक मिडिया अन्तरक्रिया सम्पन्न

10 महीना पहिले प्रकाशित

 

राष्ट्रिय आवाज

जनकपुरधाम, मंसिर ८ गते

 

डिजिटल प्रविधिको तीव्र विस्तारसँगै बढ्दै गएको प्रविधि–सहायक लैंगिक हिंसा (Technology-Facilitated Gender-Based Violence – TFGBV) बारे जनचेतना अभिवृद्धि र जिम्मेवार पत्रकारिता प्रवर्द्धन गर्ने उद्देश्यले जनकपुरधाममा मिडिया अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

 

कार्यक्रममा सहभागी प्रहरी निरीक्षक सोनु कुमार साहले अनलाइन उत्पीडन, गैर–सहमतिक सामग्रीको प्रसारण, डिजिटल धम्की, निजता भंग लगायत TFGBV का स्वरूप, त्यससँग सम्बन्धित कानुनी प्रावधान तथा पीडित–उन्मुख सहयोगका उपायबारे विस्तृत जानकारी दिए। उनका अनुसार, मधेश प्रदेशमा डिजिटल साक्षरताको कमी, सामाजिक–सांस्कृतिक पूर्वाग्रह तथा सुरक्षित इन्टरनेट प्रयोगबारे चेतनाको अभावले यस्ता घटनाको जोखिम अझ बढाएको छ।

 

सुरक्षा निकाय द्वारा प्रस्तुत तथ्यांक अनुसार, मधेश प्रदेशमा चालु आर्थिक वर्षमै ४२५ वटा TFGBV सम्बन्धी घटनाहरू प्रहरीमा दर्ता भएका छन्। आठ जिल्ला मध्ये सबैभन्दा धेरै सप्तरीमा ११६ घटना दर्ता भएको छ। गत आर्थिक वर्षमा प्रदेशभर १,१५६ मुद्दा दर्ता भएका थिए, जसमा सबैभन्दा धेरै ४११ मुद्दा एकै जिल्लाबाट दर्ता भएको उल्लेख गरियो।

फेसबुक मार्फत ४९३ तथा टिकटक मार्फत ४७८ घटनामा प्रविधि–सहायक लैंगिक हिंसाका मुद्दा दर्ता भएका प्रहरी निरीक्षक साहले जानकारी दिए। धनुषामा मात्रै फेसबुकका २०५ र टिकटकका १७० घटना दर्ता भएका छन्।

 

उनका अनुसार, “दर्ता भएका घटना वास्तविक घटनाको सानो हिस्सा मात्र हुन्, धेरैजसो पीडितले लोकलाज, सामाजिक दबाब र परिवारको प्रभावका कारण प्रहरीमा उजुरी नै नदिने गरेको” छ। अधिकांश घटना घर–परिवार वा चिनजानका व्यक्तिबाट हुने गरेको तथ्यांकले देखाएको उनले बताए।

 

कार्यक्रममा पत्रकार मोनिका झा, यु–एनका प्रतिनिधि नागेन्द्र मिश्र, तथा कार्यक्रम संयोजक जेपीसीयुकेकी सञ्जिता यादवले लगायतकाले  प्रविधि–सुरक्षा, जनचेतना अभिवृद्धि, र मिडियाको प्रभावकारी भूमिकाबारे आ–आफ्ना धारणा व्यक्त गरे। उनीहरूले TFGBV रोकथाम तथा सुरक्षित डिजिटल वातावरण निर्माणका लागि सचेतनात्मक, तथ्यमा आधारित र जिम्मेवार रिपोर्टिङ आवश्यक रहेको निष्कर्ष साझा गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..