विवाह पञ्चमीमा नेपाली सेनाद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

8 महीना पहिले प्रकाशित

 

राष्ट्रिय आवाज 

जनकपुरधाम, मंसिर ७ गते

श्री सीताराम विवाह पञ्चमी महामहोत्सवको अवसरमा नेपाली सेनाले जनकपुर धाममा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले आज उक्त शिविरको औपचारिक उद्घाटन गर्नुभयो।

 

मध्यपूर्वी पृतना बर्दिबास अन्तर्गतका विभिन्न युनिटहरूको संयोजनमा आयोजित तीनदिने शिविर उद्घाटन गर्दै प्रदेश प्रमुख कर्णले सेनाले समाजसेवा र जनकल्याणका क्षेत्रमा गर्दै आएको कार्य प्रशंसनीय रहेको बताउनुभयो। उहाँका अनुसार शिविर बाट विवाह पञ्चमीमा आएका तीर्थयात्री तथा स्थानीयवासीले प्रत्यक्ष लाभ पाउने छन्।

 

कार्यक्रममा मध्यपूर्वी पृतनाका पृतनापति एवं उपरथी कृष्णबहादुर जिसीले विवाह पञ्चमी मधेश प्रदेश मात्र नभई देशकै महत्वपूर्ण सांस्कृतिक उत्सव भएको बताउँदै सेनाको उपस्थितिले जनसम्पर्क तथा सेवाप्रवाह दुवै क्षेत्रमा सकारात्मक प्रभाव पर्ने बताए।

 

उद्घाटन समारोहमा मधेश प्रदेश सरकारका मन्त्रीहरू लखन दास, कन्चन विच्छा, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेल, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साह, विभिन्न सुरक्षा निकायका उच्च अधिकारी, राजनीतिक दलका प्रतिनिधि, उद्योगी व्यवसायी तथा नागरिक समाजका अगुवाहरूको सहभागिता रहेको थियो।

शिविरमा_स्वास्थ्य परामर्श तथा उपचार,नेपाली सेनाको फोटो प्रदर्शनी,राष्ट्रिय सेवा दलसम्बन्धी जानकारी,सेनाको भर्ना तथा छनोट सम्बन्धी जानकारीमूलक कक्ष,सर्पदंश उपचारसम्बन्धी विशेष प्रदर्शनी राखिएको बिष्णु दल गण धनुषा महेन्द्रनगरका गणपति खिलेन्द्रराज हुमागाईंले जानकारी दिनुभयो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  मोनु गुप्ता  राष्ट्रिय आवाज जनकपुरधाम, साउन ९ गते  जनकपुरधाम सुनचाँदी व्यवसायी संघको अध्यक्षमा राजिव कुम..

   माेनु गुप्ता  राष्ट्रिय आवाज  जनकपुरधाम, श्रावण ९ गते  मधेश प्रदेशमा देखिएको रगत अभाव न्यूनीकरण गर्ने ..

  राष्ट्रिय आवाज जनकपुरधाम, साउन ७ गते धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक नगरी जनकपुरधामको समग्र विकास बलेन सरका..

  राष्ट्रिय आवाज साउन १ गते ,जनकपुरधाम   जनकपुरधाम–४ स्थित ब्याहुत सेवा समिति (कलवार कुट्टी), नेपाल ले महिलाक..

    दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, असार ३२ गते    धनुषा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घ..