विवाह पञ्चमीमा नेपाली सेनाद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

11 महीना पहिले प्रकाशित

 

राष्ट्रिय आवाज 

जनकपुरधाम, मंसिर ७ गते

श्री सीताराम विवाह पञ्चमी महामहोत्सवको अवसरमा नेपाली सेनाले जनकपुर धाममा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले आज उक्त शिविरको औपचारिक उद्घाटन गर्नुभयो।

 

मध्यपूर्वी पृतना बर्दिबास अन्तर्गतका विभिन्न युनिटहरूको संयोजनमा आयोजित तीनदिने शिविर उद्घाटन गर्दै प्रदेश प्रमुख कर्णले सेनाले समाजसेवा र जनकल्याणका क्षेत्रमा गर्दै आएको कार्य प्रशंसनीय रहेको बताउनुभयो। उहाँका अनुसार शिविर बाट विवाह पञ्चमीमा आएका तीर्थयात्री तथा स्थानीयवासीले प्रत्यक्ष लाभ पाउने छन्।

 

कार्यक्रममा मध्यपूर्वी पृतनाका पृतनापति एवं उपरथी कृष्णबहादुर जिसीले विवाह पञ्चमी मधेश प्रदेश मात्र नभई देशकै महत्वपूर्ण सांस्कृतिक उत्सव भएको बताउँदै सेनाको उपस्थितिले जनसम्पर्क तथा सेवाप्रवाह दुवै क्षेत्रमा सकारात्मक प्रभाव पर्ने बताए।

 

उद्घाटन समारोहमा मधेश प्रदेश सरकारका मन्त्रीहरू लखन दास, कन्चन विच्छा, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेल, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साह, विभिन्न सुरक्षा निकायका उच्च अधिकारी, राजनीतिक दलका प्रतिनिधि, उद्योगी व्यवसायी तथा नागरिक समाजका अगुवाहरूको सहभागिता रहेको थियो।

शिविरमा_स्वास्थ्य परामर्श तथा उपचार,नेपाली सेनाको फोटो प्रदर्शनी,राष्ट्रिय सेवा दलसम्बन्धी जानकारी,सेनाको भर्ना तथा छनोट सम्बन्धी जानकारीमूलक कक्ष,सर्पदंश उपचारसम्बन्धी विशेष प्रदर्शनी राखिएको बिष्णु दल गण धनुषा महेन्द्रनगरका गणपति खिलेन्द्रराज हुमागाईंले जानकारी दिनुभयो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  भाग्य चरण यादब  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १४ गते जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियास्थित रà¤..

  दीपक श्रेष्ठ मण्डल  कार्तिक १४ गते  भारतको राष्ट्रिय एकीकरणका सूत्रधार सरदार वल्लभभाई पटेलको १५१औँ जन्मज..

  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १३ गते विद्यालय शिक्षा क्षेत्र योजनाको प्रभावकारी कार्यान्वयन र स्थानी..

  मोनु गुप्ता  जनकपुरधाम, कार्तिक १३ गते   मधेश प्रदेशका आठवटै जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तार गर्..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, कार्तिक १२ गते    ‘मिस वेलनेस वर्ल्ड–२०२६’ को उपाधि जितेर अन्तर्राष्ट्à..