धनुषाको मिथिला बिहारीमा तेस्रो सर्प महोत्सव भव्य रूपमा सुरु

10 महीना पहिले प्रकाशित

 

राष्ट्रिय आवाज

जनकपुरधाम, कार्तिक ३० गते

 

धनुषा — मिथिला बिहारी नगरपालिका–२ कल्चर भिलेजमा तेस्रो संस्करणको सर्प महोत्सव उलेख्य सहभागिताको साथमा आज देखि भव्य रूपमा सुरु भएको छ। मिथिला वाइल्ड लाइफ ट्रष्ट र सेभ द लाइभ्सको संयुक्त आयोजनामा सुरु गरिएको यो दुई दिवसीय महोत्सव मंसिर १ गतेसम्म सञ्चालन हुनेछ।

 

“सर्पको महत्व बुझौँ, सह–अस्तित्व लाई सम्मान गरौँ, संरक्षण मार्फत भविष्य सुरक्षित गरौँ” भन्ने मूल नारासहित सुरु भएको महोत्सवले सर्प–मानव सहअस्तित्व, जैविक विविधता संरक्षण तथा पर्यावरणीय सन्तुलनमा सर्पको भूमिकालाई प्रमुख विषय बनाएको छ।

 

आयोजक संस्थाका अध्यक्ष देवनारायण मण्डलले सर्प बारे अझै पनि समाजमा रहेको अन्धविश्वास र डर हटाउँदै यसको वातावरणीय महत्वबारे जनचेतना फैलाउने उद्देश्यले महोत्सव आयोजना गरिएको बताउनुभयो। उहाँका अनुसार सर्पलाई नजिकबाट बुझ्न र संरक्षण प्रति अभिमुख गराउन विभिन्न प्राविधिक तथा शैक्षिक सत्रहरू राखिएको छ।

 

महोत्सवमा _ सर्पको जीवनचक्र,विषका प्रकार ,सर्प दंश पछि अपनाउनुपर्ने प्राथमिक उपचार प्रक्रिया ,उद्धार सम्बन्धी व्यावहारिक प्रशिक्षण जस्ता विषयमा विज्ञानिक थियोरी मार्गदर्शन गर्ने व्यवस्था गरिएको छ। चित्र प्रदर्शन मार्फत सहभागीहरूलाई प्रत्यक्ष अवलोकन र सिकाइको अवसर प्रदान गरिएको छ।

 

अध्यक्ष मण्डलले सर्प र मानव बीचको द्वन्द्व न्यूनीकरण गर्दै सर्पको पर्यावरणीय, चिकित्सकीय, धार्मिक तथा सांस्कृतिक महत्व उजागर गर्नु नै महोत्सवको मुख्य उद्देश्य भएको पनि बताउनुभयो।

 

स्थानीय नागरिक, विद्यार्थी तथा वातावरणविद्हरूले मधेश प्रदेशमै आयोजना गरिएको यस सर्प महोत्सवले जैविक विविधता संरक्षण र जनचेतना अभिवृद्धिमा महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..