विपद् जोखिम न्यूनीकरण सम्बन्धी अभिमुखिकरण तथा प्रयोगात्मक अभ्यास सम्पन्न

12 महीना पहिले प्रकाशित

 

धिरेश दत 

जनकपुरधाम, मंसिर २५ गते 

दलान नेपाल र श्री माध्यमिक विद्यालय सोहनी मुजेलियाको संयुक्त आयोजनामा विपद् जोखिम न्यूनीकरण सम्बन्धी अभिमुखिकरण तथा प्रयोगात्मक अभ्यास कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ।

कार्यक्रमको उद्देश्य विद्यार्थीहरूमा विपद्का सम्भावित जोखिमहरूबारे सचेतना जगाउने, आपत्कालीन परिस्थितिमा कसरी सुरक्षित रहने जस्ता व्यवहारिक सीप र विद्यालयस्तरमै जोखिम न्यूनीकरणमा सशक्त भूमिका निर्वाह गर्न उत्प्रेरित गर्नु रहेको थियो।

कार्यक्रममा दलान नेपालका कार्यकारी निर्देशक धर्मानन्द् ठाकुरले भूकम्प, आगलागी, बाढी, डुबान, आँधी–हुरी जस्ता प्राकृतिक विपद्हरू का जोखिमबारे जानकारी गराउनुभएको थियो भने विद्यार्थी र शिक्षकहरूलाई सुरक्षात्मक अभ्यास (ड्रिल) गराई व्यवहारिक रूपमा विपद्को समयमा अपनाउनुपर्ने उपायहरूको प्रशिक्षण समेत दिनुभएको थियो ।

कार्यक्रमको प्रमुख अतिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा जनकपुर उपमहानगरपालिका–वडा नं. १४ का वडाअध्यक्ष पुण्य प्रताप यादव रहनु भएको थियो भने कार्यक्रमको अध्यक्षता विद्यालयका प्रधानाध्यापक भोला यादव ले गर्नु भएको थियो। 

प्रमुख अतिथि यादवले कार्यक्रममा बोल्दै यस्ता किसिमका प्रशिक्षणले विद्यार्थीहरूमा विपद्प्रतिको सचेतना अभिवृद्धि गर्ने र विद्यालयलाई सुरक्षित बनाउने दिशामा ठुलो योगदान पु¥याउने बताउनुभयो। उहाँले विद्यालय समुदायलाई निरन्तर सचेत रहन र यस्ता कार्यक्रमहरूलाई नियमित रूपमा सञ्चालन गर्न आग्रह गर्नुभयो।

कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी ,अभिभावक तथा स्थानीय प्रतिनिधिको समेत उल्लेख्य उपस्थिति रहेको थियो। अन्त्यमा प्रधानाध्यापक यादवले कार्यक्रमको समापन गर्दै दलान नेपालप्रति धन्यवाद ज्ञापन गरेका थिए भने विद्यालयमा आगामी दिनहरूमा पनि यस्ता व्यवहारिक कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  भाग्य चरण यादब  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १४ गते जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियास्थित रà¤..

  दीपक श्रेष्ठ मण्डल  कार्तिक १४ गते  भारतको राष्ट्रिय एकीकरणका सूत्रधार सरदार वल्लभभाई पटेलको १५१औँ जन्मज..

  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १३ गते विद्यालय शिक्षा क्षेत्र योजनाको प्रभावकारी कार्यान्वयन र स्थानी..

  मोनु गुप्ता  जनकपुरधाम, कार्तिक १३ गते   मधेश प्रदेशका आठवटै जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तार गर्..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, कार्तिक १२ गते    ‘मिस वेलनेस वर्ल्ड–२०२६’ को उपाधि जितेर अन्तर्राष्ट्à..