लक्ष्मीनियाँ–४ सपहीमा दोस्रो प्रिमियर क्रिकेट प्रतियोगिता सम्पन्न

1 वर्ष पहिले प्रकाशित

 

 

राष्ट्रिय आवाज

जनकपुर धाम,कार्तिक ११ गते 

 

‘स्वास्थ्य र सिर्जनशील युवाको लागि खेलकुद, खेलकुदका लागि युवा’ भन्ने मूल नाराका साथ बडा दशैं, शुभ दीपावली तथा छैठ पर्व–२०८२ को अवसरमा लक्ष्मीनियाँ गाउँपालिका वडा नं.–४ द्वारा आयोजित EASON–02 वडा स्तरीय प्रिमियर क्रिकेट प्रतियोगिता–२०८२ सफलतापूर्वक सम्पन्न भएको छ।

 

कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. चन्द्रमोहन यादव रहनु भएको थियो। उनले खेलकुद स्वास्थ्य जीवनको लागि अपरिहार्य भएकोले खेलकुदमा जोड दिन आग्रह गरेका थिए।

उद्घाटन तथा समापन समारोहमा स्थानीय जनप्रतिनिधि, खेलप्रेमी र युवा दुवैको उत्साहपूर्ण उपस्थिति रहेको थियो।

 

खेल संयोजक तथा वडा अध्यक्ष रमेश साहले भने

 “खेलकुदले युवामा ऊर्जा, अनुशासन र एकताको भावना जगाउँछ। हाम्रो उद्देश्य खेलकुदलाई माध्यम बनाएर स्वस्थ, सक्रिय र सिर्जनशील समाज निर्माण गर्नु हो।”

आयोजकले खेलकुदलाई निरन्तर परम्पराको रूपमा अघि बढाउँदै हरेक वर्ष यस प्रतियोगितालाई अझ भव्य रूपमा आयोजना गर्ने योजना समेत सार्वजनिक गरेका छन्। कार्यक्रम उद्घोषण यमन यादबले गरेका थिए। सो अवसरमा रक्त दान समेत आयोजना गरेको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १३ गते विद्यालय शिक्षा क्षेत्र योजनाको प्रभावकारी कार्यान्वयन र स्थानी..

  मोनु गुप्ता  जनकपुरधाम, कार्तिक १३ गते   मधेश प्रदेशका आठवटै जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तार गर्..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, कार्तिक १२ गते    ‘मिस वेलनेस वर्ल्ड–२०२६’ को उपाधि जितेर अन्तर्राष्ट्à..

दिपक श्रेष्ठ मण्डल राष्ट्रिय आवाज | जनकपुरधाम, कार्तिक ९ गते नेपाली कांग्रेसका नेता एवं मधेश प्रदेशका पूर्व भौति..

  दिपक श्रेष्ठ मण्डल राष्ट्रिय आवाज | कार्तिक ८ गते  बारा जिल्लाको महागढीमाई नगरपालिका–६, पतरहट्टीस्थित श्र..