तेलहा पोखरीमा पहिलो पटक छैठ पर्व सुरु

11 महीना पहिले प्रकाशित

 

राष्ट्रिय आवाज

जनकपुरधाम, कार्तिक ११ गते

जनकपुरधाम उपमहानगरपालिकामा कार्यरत भेटेरिनरी डाक्टर अमर कुमार साह र मल्लिक ग्रुपका युवाहरूको निरन्तर निःशुल्क सरसफाईका कारण अहिले ऐतिहासिक तेलहा पोखरी पुनः सुन्दर रूपमा फर्किएको छ। यही पुनर्जीवित पोखरीमा यस वर्ष पहिलो पटक श्रद्धा र आस्थाको महान पर्व प्राकृतिक पूजा छैठ सुरु गरिएको हो।

 

पशु चिकित्सक डा.अमर कुमार साहको अगुवाइमा सुरु गरिएको यस छैठ पूजा धार्मिक आयोजनाले स्थानीयवासीमा उत्साह र धार्मिक समर्पणको नयाँ ऊर्जा भरेको छ। मल्लिक ग्रुपका युवाहरूले पोखरीको सरसफाइ, सजावट र व्रतालुहरूको सहजताका लागि विशेष व्यवस्थासमेत गरेका छन्।

 

पशु चिकित्सक अमर साहले भने, “तेलहा पोखरी हाम्रो पुरानो ऐतिहासिक सम्पदा हो। यसलाई स्वच्छ र जीवित राख्दै यहाँ पहिलो पटक छैठ पूजाको सुरुवात गर्नु हाम्रो सबैको गर्वको विषय हो।”

मल्लिक ग्रुपका अगुवा सरोज मल्लिकले भने, “हामी निरन्तर सरसफाइ र संरक्षण अभियानमा छौँ। धार्मिक पर्वसँगै जनचेतनाको सन्देश फैलाउने हाम्रो प्रयास पनि यही हो।”

स्थानीय बासिन्दाहरूले यस पहललाई स्वागत गर्दै पोखरीको सौन्दर्य र धार्मिक महत्त्व जोगाउन निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..