रक्तदान जीवनदान : बर्दिवास रक्तसञ्चार केन्द्रको निरन्तर सेवा र जनचेतना अभियान

1 वर्ष पहिले प्रकाशित

राष्ट्रिय आवाज

बर्दिवास, महोत्तरी ,कार्तिक १० गते

नेपाल रेडक्रस सोसाइटी बर्दिवास उपशाखा अन्तर्गतको बर्दिवास रक्तसञ्चार केन्द्र, बर्दिवास–३, गौरी डाँडा ले स्थानीय स्तरमा निरन्तर रूपमा रक्त संकलन, परीक्षण र वितरणको कार्य गर्दै आएको छ। यस केन्द्रले मधेश प्रदेशका विभिन्न जिल्लाका अस्पतालहरूमा आकस्मिक रक्त आपूर्ति गर्दै सयौँ बिरामीहरूको जीवन बचाउन उल्लेखनीय योगदान पुर्याएको छ।

केन्द्रकी इन्चार्ज स्वास्थ्यकर्मी सिर्जना देवकोटाका अनुसार “रक्तदान जीवनदान हो, यो एउटा मानवीय भावना हो। हरेक स्वस्थ व्यक्तिले वर्षमा कम्तीमा एकपटक रक्तदान गरे देशभर रक्त अभावको समस्या घट्छ। रक्तदानले अरूको जीवन बचाउँछ मात्र होइन, दाताको स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्छ।”

देवकोटाले थप भनिन् “रक्तदानले शरीरमा नयाँ रक्तकोष निर्माणमा सहयोग पुर्याउँछ र यसले शरीरलाई स्वस्थ राख्छ। हरेक युवाले यो सामाजिक जिम्मेवारीको रूपमा लिन जरुरी छ।”

बर्दिवास रक्तसञ्चार केन्द्रले विभिन्न संघसंस्था, विद्यालय, कार्यालय र स्थानीय युवा समूहहरू सँग सहकार्य गरेर स्वेच्छिक रक्तदान कार्यक्रम, रक्तदाता दर्ता अभियान र जनचेतनामूलक गतिविधिहरू नियमित रूपमा सञ्चालन गर्दै आएको छ।

सरसफाइ अभियन्ता धीरेन्द्र कुमार साहका अनुसार “रक्तदान जीवनदान हो भन्ने सन्देश फैलाउँदै केन्द्रले मानवता, सेवा र सहानुभूतिको संस्कार फैलाउने अभियान चलाइरहेको छ।”

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  भाग्य चरण यादब  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १४ गते जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियास्थित रà¤..

  दीपक श्रेष्ठ मण्डल  कार्तिक १४ गते  भारतको राष्ट्रिय एकीकरणका सूत्रधार सरदार वल्लभभाई पटेलको १५१औँ जन्मज..

  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १३ गते विद्यालय शिक्षा क्षेत्र योजनाको प्रभावकारी कार्यान्वयन र स्थानी..

  मोनु गुप्ता  जनकपुरधाम, कार्तिक १३ गते   मधेश प्रदेशका आठवटै जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तार गर्..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, कार्तिक १२ गते    ‘मिस वेलनेस वर्ल्ड–२०२६’ को उपाधि जितेर अन्तर्राष्ट्à..