तेलहा पोखरीमा मल्लिक ग्रुपको निरन्तर सरसफाइ, वार्ड अध्यक्षद्वारा सरसफाइ सामग्री हस्तान्तरण

1 वर्ष पहिले प्रकाशित

 

राष्ट्रिय आवाज

     जनकपुरधाम, कार्तिक १० गते 

जनकपुरधामको ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको तेलहा पोखरीमा निरन्तर सरसफाइ अभियान सञ्चालन गर्दै आएका मल्लिक ग्रुप युवा शक्ति लाई जनकपुरधाम–१० का वार्ड अध्यक्ष मिथलेश कुमार कर्णले सरसफाइ सामग्री हस्तान्तरण गरेका छन्।

 

यो सरसफाइ सामग्री वितरण कार्यक्रम राष्ट्रिय आवाजको पहलमा सम्पन्न गरिएको हो। अध्यक्ष कर्णले पोखरीको सफाइमा सक्रिय युवा समूहको प्रशंसा गर्दै भने “धार्मिक नगरी जनकपुरधाम लाई सफा सहर बनाउन सबैको हातेमालो अत्यावश्यक छ।”

उहाँले पाँचवटा डस्टबिन सहित सरसफाइ सामग्री प्रदान गर्नुभएको हो।

 

स्थानीय भेटेनरी डाक्टर अमर कुमार साह र मल्लिक ग्रुपको निरन्तर निःशुल्क प्रयासका कारण अहिले तेलहा पोखरी पुनः सुन्दर स्वरूपमा फर्किएको स्थानीय बासिन्दाहरूले बताएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १३ गते विद्यालय शिक्षा क्षेत्र योजनाको प्रभावकारी कार्यान्वयन र स्थानी..

  मोनु गुप्ता  जनकपुरधाम, कार्तिक १३ गते   मधेश प्रदेशका आठवटै जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तार गर्..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, कार्तिक १२ गते    ‘मिस वेलनेस वर्ल्ड–२०२६’ को उपाधि जितेर अन्तर्राष्ट्à..

दिपक श्रेष्ठ मण्डल राष्ट्रिय आवाज | जनकपुरधाम, कार्तिक ९ गते नेपाली कांग्रेसका नेता एवं मधेश प्रदेशका पूर्व भौति..

  दिपक श्रेष्ठ मण्डल राष्ट्रिय आवाज | कार्तिक ८ गते  बारा जिल्लाको महागढीमाई नगरपालिका–६, पतरहट्टीस्थित श्र..